इनरुवा । सुनसरीको इनरुवामा कस्टम हायरिङ्ग सेवाकेन्द्रको समुद्घाटन भएको छ । बिहिबार इनरुवा–२ मा इनरुवामा कस्टम हायरिङ्ग सेवाकेन्द्रको समुद्घाटन भएको हो ।
प्रदेश १ सरकार, कृषि मन्त्रालय र सगुन कृषि सहकारी सहकारी संस्थाको सहकार्यमा आधुनिक कृषि यन्त्रहरु कृषकहरुलाई सुलभ मूल्यमा भाडामा उपलब्ध गराउन उद्देश्यले इनरुवामा कस्टम हायरिङ्ग सेवाकेन्द स्थापना भएकोे गंगाराम पंडितले जानकारी दिए । सो सेवाकेन्दबाट सुनसरी जिल्ला भरिका किसानहरुले सहज र सुलभ दरमा सेवा लिन सक्ने पंडितले जानकारी दिए ।
सेवाकेन्दबाट कृषिमा प्रयोग हुने ट्रयाक्टर, थ्रेसर, परालको बिटा बाँध्ने, खनजोत गर्ने, धान रोप्ने लगायतको कृषि सामाग्रीबाट अरुठाउँ भन्दा सस्तो र सहज रुपले सुनसरी जिल्ला भरिका किसानहरुले सेवा पाउने उनको भनाई छ ।
सेवाकेन्द्रको समुद्घाटनमा प्रमुख अतिथि प्रदेश नं–१ का कृषि मन्त्री झलक बहादुर मगर विशिष्ट अतिथि सिताराम मेहता, ज्योती सुब्बा, रामप्रसाद मेहता लगायतको आतिथ्यता रहेको थियो भने एक सय भन्दा बढी स्थानिय किसानहरुको उपस्थिति रहेको थियो ।
प्रदेश नं–१ का कृषि मन्त्री झलक बहादुर मगरको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी
बाबुराम मुडियारी विराटनगर । कोशीप्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीले कोशी प्रदेशको भौतिक पूर्वाधार क्षेत्रको विकासले गतिलिदैं गरेको बताउनु भएको...