Friday, October 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगर ४ को वडाध्यक्ष पदमा इरफानले गरे स्वतन्त्र उम्मेदवारी दर्ता

वडा सदस्यमा समेत चार जनाको स्वतन्त्र उम्मेदवारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख १२, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कांग्रेसबाट हरिनगर ४ को वडाध्यक्ष पदमा इरफानको दावी
150
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरी हरिनगर गाउँपालिका वडा नम्बर–४ का लागि युवा नेता इरफान अन्सारीले नेपाली कांग्रेसले सिफारिस नगरेपछि वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

नेपाली कांग्रेस हरिनगरले युवा नेता इरफान अन्सारीलाई सिफारिस नगरेपछि हरिनगर–४ मा वडाध्यक्ष पदमा हिजो पहिलो दिन नै उम्मेदवारी दर्ता गरेका हुन् । गत स्थानीय तहको निर्वाचनमा अन्सारीले नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा टिकट पाएर पराजित भएका युवा नेता अन्सारीले यस पटकको निर्वाचनमा वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

नेपाली कांग्रेस हरिनगरका सहसचिव युवा नेता अन्सारीलाई पाखा लगाएकोले उनले हिजो निर्वाचन कार्यालय हरिनगरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । साविक हरिनगर–१ र हाल हरिनगर–४ घर भएका युवा नेता अन्सारीले मुस्लिम समुदायका युवाहरुलाई उपेक्षा गरेको भन्दै हरिनगर–४ का लागि वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । हरिनगर–४ मा उनको नाम चर्चामा रहेपनि कांग्रेसले उनको मुल्यांकन नगरेपछि र पार्टीमा युवाहरुलाई अवसर नदिएकोले उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

हरिनगर–४ मा बलियो उम्मेदवारका रुपमा रहेपनि पार्टीले कुनै मुल्यांकन नगरेका कारण हिजो मनोनयन दर्ता गरी आफ्नो पक्षमा प्रचार प्रसारलाई तीव्रता दिएका छन् । गत स्थानीय तहको निर्वाचनमा पार्टीका नेता तथा कार्यकर्ताहरुले अन्तरघातका कारण झिनो मतले पराजित भएको र यस पटको निर्वाचनमा पनि पार्टीले महत्वका साथ नहेरिएकोले स्वतन्त्र उम्मेदवारी दिएर बिजयी हुने सुनिश्चित भएको युवा नेता अन्सारीको कथन छ ।

हरिनगर–४ मा वडाध्यक्ष पदमा उम्मेदवारी दिएकोले वडाबासीले मतदान गरी आफुलाई बिजयी गराउन समेत उनले अनुरोध गरेका छन् । हरिनगर–४ को मुहार फेर्न र विकासका लागि युवा नेतृत्व आवश्यक रहेकोले स्वतन्त्र उम्मेदवारलाई मतदान गरी बिजयी गराउन उनले अपिल समेत गरेका छन् ।

त्यसैगरी हरिनगर–४ मा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार युवा नेता अन्सारीको नेतृत्वको टिममा चार जनाले वडा सदस्यमा स्वतन्त्र उम्मेदवारी समेत दर्ता गरेका छन् । स्वतन्त्र वडा सदस्यहरु सरोज कुमार पंडित(गोपाल), रामचन्द्र ऋषिदेव, इनामुल रहमान र जमाल अन्सारीले समेत हिजो नै स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।

सरोज पंडित उर्फ गोपाल नेपाली कांग्रेस हरिनगर–४ का वडा सचिव हुन् । पार्टीले टिकटका लागि सिफारिस नगरेपछि उनले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेर चुनावी प्रचार प्रसारमा लागि परेका छन् । हरिनगर–४ मा स्वतन्त्र प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्वतन्त्र प्यानललाई मतदान गरी युवाहरुको टिमलाई बिजयी बनाई काम गर्ने अवसरमा प्रदान गर्नका लागि वडाबासीलाई अनुरोध गरेका हुन् ।

Share60Tweet38SendScan
Previous Post

सुनसरी ४ मा गठवन्धन नगर्न आग्रह : डा अबुल

Next Post

इनरुवा–२ का वडा सचिव अन्सारी सहित सात जनाले दिए सामुहिक राजिनामा

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
इनरुवा–२ का वडा सचिव अन्सारी सहित सात जनाले दिए सामुहिक राजिनामा

इनरुवा–२ का वडा सचिव अन्सारी सहित सात जनाले दिए सामुहिक राजिनामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In