इनरुवा,। सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर १० मा वडा अध्यक्षका लागि नेपाली काँग्रेसबाट ऐयुब मियाँले पाएको टिकट डा। खलिल अख्तर मियाँलाई दिइएको छ ।
प्रदेश १ बाट नेपाली काँग्रेस जिल्ला सभापति केदार भण्डारीलाई टिकट जिम्मा दिएका बेला ऐयुब मियाँको नाम सिफारिस भएको कुरा थाहा पाएपछि डा। खलिल अख्तर मियाँले आफ्नो समर्थहरु सहितको टोली लिएर सभापति भण्डारीको घर पुग्दा भण्डारीले सबै जना पार्टी कार्यालय जान आग्रह गरेपछि त्यसपछि सबै जना जिल्ला पार्टी कार्यालय पुगेका थिए।
जिल्ला पार्टी कार्यालय पुग्दा सभापति भण्डारीले निर्णयलाई उल्ट्याउदै डा। खलिललाई टिकट दिने निर्णय गरेको काँग्रेसका एक जिल्ला नेताले बताए ।
प्रदेश १ नम्बर समितिले ऐयुबलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर मनोनयनको अन्तिम समयमा आएर मेरो नामको टिकट जिल्ला सभापति भण्डारीले डा। खलिलका समर्थहर देखेर मेरो नामको टिकटमा टिपेक्स लगाएर डा। खलिललाई टिकट दिएको ऐयुब मियाँले बताए।
उक्त निर्णयप्रति असन्तुष्टी जनाउँदै म र मेरो केही कार्यकर्ताहरुले काँग्रेस जिल्ला पार्टी कार्यालय सुनसरीको मूल गेटमा ताला समेत लगाएका छन् ।
असन्तुष्ट पक्षले जिल्लाले गरेको निर्णय मान्य नहुने भन्दै परिवर्तन गर्न माग राख्दै आएको थियो । ऐयुबलाई टिकट दिन भन्दै जिल्लाका केही नेता कार्यकर्ताले काँग्रेसको केन्द्रीय नेताहरुलाई समेत हारगुहार गरेका थिए ।
मनोनयनको अन्तिम समयमा जिल्ला सभापति भण्डारीले डा। खलिललाई इनरुवा १० को उम्मेदवार बनाउने निर्णय गरेपछि डा। खलिल अख्तर मियाँले मुख्य निर्वाचन अधिकृतको कार्यालय गएर मनोनयन दर्ता गराएका छन् ।
सुनियोजित तवरबाट आफूले पाएको टिकट खोएिको ऐयुबले बताएका छन् । आफ्नो टिकट खोस्न काँग्रेस जिल्ला सभापति केदार भण्डारी नै लागेको उनले आरोप लगाए ।