इनरुवा । नेकपा एमालेबाट इनरुवा १ निवासी सरोज पोखरेलले मेयर पदका लागि मनोनयन दर्ता गराएका छन भने उपप्रमुखमा सहजादी प्रविणले मनोनयन दर्ता गराएका छन ।
त्यस्तै जनता समाजवादी पार्टीबाट मेयर पदका लागि दिलिपचन साहु, उपप्रमुखमा सरिता यादव, त्यस्तै नेकपा एसबाट नगर प्रमुखमा तिर्थ अधिकारी, नेकपा माओवादी केन्द्रबाट विमला पोखरेल र उपप्रमुखमा ओके दाहाल सहितको उम्मेदबारी दर्ता भएको निर्वाचन अधिकृत कैलाश प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
नेपाली काग्रेंसका १२ वटै तहका प्रमुख तथा अध्यक्षहरुको उम्मेदबारी दर्ता सुनसरीमा नेपाली काग्रेंसले इनरुवामा प्रमुखका लागि केदार भण्डारी, रामधुनीमा सुदिप अधिकारी, इटहरीमा हेमकर्ण पौडेल, धरानमा किसोर राई, दुहबीमा बेदनारायण गच्छदार,बराहक्षेत्रमा रमेश कार्की, हरिनगरमा गफार अन्सारी, कोशीमा ऐयुब अन्सारी, भोक्राहा–नरसिंहमा अजमल आजाद अन्सारी, देवानगंजमा श्यामलाल मेहता, र बर्जुमा रघुनन्दन चौधरीको मनोनयन दर्ता गराएको जनाएको छ ।
त्यसैबीच जनता समाजवादी पार्टी नेपालबाट इनरुवा नगरपालिका वडा नम्बर–१ को वडाध्यक्षमा सिंहेश्वर मेहता, २ मा शिवनारायण पंडित, ३ मा प्रशुराम चौधरी, ४ मा महेश्वर मेहता, ६ मा लक्ष्मण साहु, ७ मा एकराज राजधामी, ८ मा बिनोद मेहता, ९ मा सत्यनारायण मण्डल खत्वेले वडाध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन् । जसपाको चुनाव चिन्ह छाता छापमा मतदान गरी नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षहरुलाई बिजयी बनाउन जसपाबाट नगरप्रमुखका उम्मेदवार दिलिप चन साहुले मतदाताहरुलाई अनुरोध गरेका छन् ।