प्रकाशपुृर । २९ वर्षिय तेजबहादुर गुरुङलाई नेपाली कांग्रेसले वराहक्षेत्र–१० को अध्यक्षमा प्रस्तुत गरेको छ । गुरुङलाई माओवादी केन्द्रको साथ छ । राजनीतिसंगै सामाजिक सेबा र परोपकारी काममा सधै अग्रसर गुरुङ्ग वराहक्षेत्र १० मा लोकप्रिय छन् ।
कुनै बिपत आए समाधान गर्न हतारिने गुरुङ्गले अधिकांस समय समाजसेबामै रमाउछन् । गुरुङ कोरोना संक्रमणको समयमा मानव सेवासंगै कोरोना सक्रमण न्युनिकरण, कोरोनावाट पिडित परिवारहरुलाइ राहत बितरण कार्यमा व्यस्त हुन्थे।
घर परिवारसंग रमाइलो गर्ने उमेर र उत्पन परिस्थितिलाई समेत नजरअन्दाज गर्दै तेजबहादुरले गरेको त्यो मानवसेवा देखेर वडाबासीले चखित परेका थिए ।प्रकासपुर युबा जमात गठन गरेर उनिजस्तै सक्रिय युबाहरुको टिम बनाएर नेतृत्व गर्दै उनी प्रकासपुरवासीको सहयोगी बनी रहेका छन् ।
गुरुङले माहामारीको समयम सार्वजनिक स्थान सेनिटाइज गर्ने कार्यवाट सुरु अभियान , कोरोना सक्रमितहरुलाई अक्सिजनको व्यवस्थापन कार्यमा लागि परे सक्रमितलाई समस्या परे टुप्लुक्क पुगि हाल्ने तेजबहादुर सामाजिक कार्यमा छुटै प्रकारको आन्नद मिल्ने बताउछन् । समाजसेवाको लागि राजनीति गरेको बताउने गुरुङ जनप्रतिनिधि वनेर जनताको सेबा गर्न मौका दिन आग्रह गर्छन् । हाल भोट माग्न घरदैलोमा व्यस्त गुरुङ आफ्नो प्यानललाई बिजय गराउन वडाबासिलाई आग्रह गर्छन् ।
प्रकासपुर युबा जमात मार्फत सामाजिक कार्य गर्दै आएका तेजबहादुर हरिलासंगै मिजासिल छन् । नेपाल बिद्यार्थी संघ सुनसरीको जिल्ला सदस्य, नेपाल तरुण दल साविक प्रकासपुर गाविस सभापति हाल तरुण दल वराहक्षेत्र नगर सहसचिबसंगै तेजबहादुर नेपाली कांग्रेस वराहक्षेत्र १० सभापति हुन्।
वराहक्षेत्र–१० का जोसिला युवा नेता गुरुङ्गले स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुने भएकाले कांग्रेसको रुख छापमा मतदान गरी बिजयी बनाउन पनि वडाबासीलाई अनुरोध गरेका छन् । वराहक्षेत्र–१० मा कांग्रेसको जित सुनिश्चित भएको मतदाताहरु बताउँछन् । वडाध्यक्ष पदका उम्मेदवार गुरुङ्गले वडाबासीको सेवामा समर्पित रहेकाले आगामी बैशाख ३० गते मतदान गरी बिजयी बनाउन अपिल गर्दै वराहक्षेत्रमा एक पटक नेतृत्व परिर्वतन गर्नका लागि कांग्रेसको चुनाव चिन्ह रुख छापमा मतदान गर्न मतदाताहरुलाई चुनावी अभियानमा आग्रह गरेका छन् ।
वराहक्षेत्र १० मा युवा नेतृत्वलाई सेवा गर्न अवसर प्रदान गर्नका लागि मतदाताहरुको हातमा निर्णय भएकाले कांग्रेसको रुख छापमा मतदान गरी युवाको सोचलाई सही ठाउँमा सदपुयोग गर्नका लागि पाँच वर्षे कार्यकालमा परिवर्तन गरी छाड्ने समेत उनले प्रतिवद्धता व्यक्त गरेका हुन् ।