इनरुवा । सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर–७ मा नेकपा एमालेबाट अशोक यादव वडाध्यक्ष पदका उम्मेदवार बनेका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अशोक यादव देवानगंज–७ मा वडाध्यक्ष पदका उम्मेदवार बनेका हुन् ।
सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति तय गरेपछि नेकपा एमालेबाट टिकट पाएर देवानगंजको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका छन् । यादवले आफ्नो वडामा नमूना कार्य गरी जनताको भावना अनुसार विकासका गतिविधिहरुलाई अघि सार्ने बताउँदै वडामा नेतृत्व परिर्वतन गर्नका लागि वडाध्यक्षा पदमा उम्मेदवारी दिएको बताए ।
देवानगंज–७ मा पाँच वर्ष कार्यकाल चलाएका जनप्रतिनिधिले समग्र विकास गर्न नसकेकाले वडाबासी सास्ती खेप्नुपर्ने उनले बताउँदै वडामा परिवर्तनको आवाजलाई कदर गरेर आपूm नेकपा एमालेबाट टिकट लिएर चुनावी मैदानमा होमिएको सुनसरी अनलाइनको कुराकानीमा बताए ।
नेपाली कांग्रेसबाट यस वडामा निर्वाचित भएका जनप्रतिनिधिले खासै वडालाई नमूना बनाउन नसकेको प्रति उनले खेद व्यक्त गर्दै वडाध्यक्ष पदका उम्मेदवार अशोक यादवले नेकपा एमालेको चुनाव चिन्ह सूर्य छापमा मतदान गरी वडाध्यक्ष सहित सदस्यहरुलाई बिजयी गराउन सकेमात्र यसवडामा चाहेको जस्तो विकास हुनसक्ने जिकिर गरे ।
वडाबासीको भावनालाई कदर गरेर चुनावी मैदानमा आएकोले जनताको विश्वासलाई कायम गर्दै जित सुनिश्चित भएको दावी गरेपनि बैशाख ३० गते पछि मतगणनाबाट प्रमाणित हुने उनले बताए । जनताको जनलहर नेकपा एमालेमा दिनप्रतिदिन बढ्दै गएकोले आपूm अहिले जनताको घर घरमा पुगेर आर्शिवाद लिइरहेको र नेकपा एमालेको संगठनलाई मजबुत बनाउँदै नेकपा एमाले जिताउँ अभियानलाई तीव्रता दिइरहेको उनले बताए ।
देवानगंज–७ मा सबैको लोकप्रिय युवा नेता अशोक यादव वडाध्यक्ष पदको उम्मेदवार बनेपछि अहिले वडाबासी उत्साहित बनेका छन् । वडाबासीमा खुशयाली छाएकोले वडाध्यक्ष पदका उम्मेदवार अशोक यादवले सबैको साथ र सहयोग भए यस निर्वाचनबाट आपूm वडाध्यक्ष पदमा बिजयी हुने निश्चित भएको दावी गरे ।
जनताको लागि काम गर्ने युवा नेता यादवले सदैव दुःख सुखमा साथ दिने, वडाबासीको लागि अहोरात्र खट्ने भएकाले यस निर्वाचनमा उनलाई बिजयी गराउने सो वडाका एक मतदाताले बताए । जनतामा लोकप्रिय र राम्रो छवि बनाएका यादव एक कुशल नेतृत्वकर्ता भएकाले उनलाई जिताउन आवश्यक रहेको समेत उनले बताए ।