टोमराज मेहता
हरिनगर । नेपाली कांग्रेसबाट हरिनगर गाउँपालिकाका अध्यक्ष पदका लागि पुनः टिकट पाएका गफार अन्सारी बलियो उम्मेदवारको रुपमा रहेको चर्चा हुने गरेको पाइएको छ ।
हरिनगर गाउँपालिकाका अध्यक्ष पदका लागि कांग्रेसले पुनः टिकट उपलब्ध गराएपछि चुनावी अभियानमा होमिएका गफार अन्सारी अन्य पार्टीका उम्मेदवार भन्दा बलियो उम्मेदवारको रुपमा चर्चा हुने गरेको पाइएको हो ।
२० वर्षपछि २०७४ सालमा पहिलो पटक स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले हरिनगर गाउँपालिकामा विकास गर्नका निमित र मुहार फेर्नलाई जिम्मेवारी पाएका युवा नेता अन्सारीले हरिनगरबासीको मुहार फेर्न समेत सफल भएको बताएका छन् । जनताले बिश्वास गरेर पहिलो पटक निर्वाचित गराएर दिएको जिम्मेवारीलाई इमान्दारीताका साथ निभाउन सफल भएको उनले जिकिर गरे ।
साविकका गाउँ विकास समितिहरु क्रमशः हनिरगरा, रामनगर भुटाहा, गौतमपुर, बसन्तपुर र घुस्कीलाई पहिलो पटकको २०७४ सालको स्थानीय तहको निर्वाचनमा हरिनगर गाउँपालिकामा गाभिएर ७ वडाका जनताले यस पटकको निर्वाचनमा पुनः निर्वाचित गराएर विकास गर्न मौका प्रदान गर्नेमा आशावादी रहेको समेत अध्यक्ष पदका प्रत्यासी उम्मेदवार अन्सारी बताउँछन् ।
२०७९ बैशाख ३० गते हुन गइरहेको दोश्रो पटकको स्थानीय तहको निर्वाचनमा पुनः नेपाली कांग्रेसले जिम्मेवारी दिएको हुदाँ आपूm निर्वाचनमा होमिएको उनले बताउँदै जनतामुखी काम गर्न सफल भएर नेपाल सरकारले सुप्रवल जनसेवा श्री पदकबाट विभूषित भएकोले जनताले मुल्यांकन गर्ने समय आएको समेत उनले बताए ।
आपूmले गरेको विकास देशमै नमुना भएकाले नेपाल सरकारले समेत विभूषणबाट सम्मानित गरेको हुदाँ यस पालिकामा बाँकी रहेको कामलाई निरन्तरता दिनका लागि जनता समक्ष पुनः आएको उनले बताए ।
निर्वाचनको समयमा जनतासँग गरेका वाचाहरु धेरै पूरा गरेको र केही कामहरु अधुरा रहेकालाई पूरा गर्नका लागि यस निर्वाचनमा आपूm सहित उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाई नेपाली कांग्रेसको चुनाव चिन्ह रुख छापमा मतदान गरी सम्पुर्ण टिमलाई बिजयी गराउनु हुनेछ भन्ने आशावादी समेत रहेको अन्सारीको कथन छ ।
हरिनगर गाउँपालिकाका लागि अध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फबाट गफार मियाँ अन्सारी, नेकपा एमालेको तर्फबाट लस्करी अन्सारी, जनता समाजवादी पार्टीबाट धर्मवीर आर्य र नेकपा माओवादीको तर्फबाट कलावति देवी उराँव रहेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमालेबाट लस्करी अन्सारी नेपाली कांग्रेसका उम्मेदवार गफार अन्सारीसँग निर्वाचनमा होमिपनि नेकपा एमालेका लस्करी अन्सारी उनीसँग पराजित भएका थिए ।
नेपाली कांग्रेसबाट हेमनारायण मेहताले टिकट नपाएपछि जसपाबाट चुनाव लडेका थिए । हेमनारायण मेहता पनि गफार अन्सारीसँग पराजित भएपछि केही महिनापछि पुनः आप्mनो घर कांग्रेस फर्किएर थिए ।
यस पटकको चुनावमा जसपाबाट धर्मवीर आर्य गफार अन्सारीसँग प्रतिस्पर्धा गर्दैछन् । नेकपा माओवादीले महिला उम्मेदवार उठाएर मत बटुल्नका लागि गफार अन्सारीसँग चुनावमा प्रतिस्पर्धा गराएपनि केही असर नपर्ने हरिनगरका बुद्धिजिविहरु बताउँछन् ।
नेकपा एमालेका लस्करी अन्सारी, जसपाका धर्मवीर आर्य र नेकपा माओवादीका कलावति देवी उराँव चुनावी प्रतिस्पर्धामा रहेपनि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका गफार अन्सारी भने बलियो उम्मेदवारको रुपमा प्रस्तुत भएका छन् । युवा नेता गफार अन्सारीले अध्यक्ष पदमा रहेर स्व. गिरिजा प्रसाद कोइरालाको सपनालाई साकार पार्दै जनताको चाहना अनुसार विकास गरेर मुलुकमै चर्चा पाएकाले यस पटकको निर्वाचनमा नेता अन्सारी भारी मतान्तरले निर्वाचित हुने बिश्लेषकहरुको भनाई छ ।