टोमराज मेहता
इनरुवा । सुनसरीको देवानगंज गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाली कांग्रेसको तर्फबाट श्यामलाल मेहता टिकट पाएपछि असन्तुष्ट रहेका निवर्तमान अध्यक्ष लाली प्रसाद मेहताले समर्थन गरेपछि कांग्रेस उम्मेदवारको जित सुनिश्चित हुने भएको छ ।
गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदमा देवानगंज गाउँपालिकामा लाली प्रसाद मेहता बिजयी भएका थिए । उनले आफ्नो पाँच वर्षे कार्यकाल सफतापूर्वक सम्पन्न गरेपछि यस पटकको स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट श्यामलाल मेहतालाई उम्मेदवार बनाएको छ ।
श्यामलाल मेहतालाई कांग्रेसको तर्फबाट पालिकाको अध्यक्ष पदका लागि उम्मेदवार बनाएपछि रुष्ट रहेका लाली प्रसाद मेहता र देवानगंजका युवा नेता सन्तोष भगतले समर्थन गरेपछि कांग्रेस उम्मेदवारको जित सुनिश्चित हुने भएको बृद्धिजिविहरुको भनाई छ । बिभिन्न छलफल र वहस पछि कांग्रेसले बनाएको उम्मेदवारहरुलाई पूर्ण समर्थन रहेको उनीहरुले बताउँछन् ।
कांग्रेसलाई बिजयी बनाउने आप्mनो दायित्व रहेकाले पालिका अध्यक्ष पदका उम्मेदावर श्यामलाल मेहता र उपाध्यक्ष पदका उम्मेदवार कुमारी विभा कुमारी यादव र वडाध्यक्ष र सदस्यहरुलाई बिजयी बनाउने गरी उनीहरु चुनावी प्रचार प्रसारमा जुटेका छन् ।
नेपाली कांग्रेसको तर्फबाट देवानगंज गाउँपालिका अध्यक्ष पदमा आकांक्षी रहेका लाली प्रसाद मेहता र सन्तोष भगतलाई कांग्रेसको तर्फबाट टिकट उपलब्ध नगराएपछि उनीहरु असन्तुष्ट बनेका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसदको बिशेष पहलमा उनीहरुले कांग्रेसका उम्मेवार मेहता लगायतका टिमलाई सहयोग गर्ने प्रतिवद्धता जनाएपछि मतदाताहरुमा उत्साह थपिएको छ ।
नेपाली कांग्रेसको गढ मानिएको देवानगंज गाउँपालिकामा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भारी मतले श्यामलाल मेहता लगायतका उम्मेदवारहरुको बिजयी हुने निश्चित भएको हो ।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–२ प्रदेश(ख) का सभापति समेत रहेका श्यामलाल मेहता चुनावी अभियानमा सक्रियताका साथ प्रचार प्रसारमा जुटेका छन् । देवानगंज गाउँपालिकालाई समृद्ध बनाउने र कृषि क्षेत्रलाई आधुनीकरण गरी शिक्षा र स्वास्थ्यमा आमूल्य परिर्वतन गर्ने गरी बिभिन्न एजेण्डाहरु लिएर मतदाताहरुको घरदैलोमा पुग्ने गरेका छन् ।
नेपाली कांग्रेस अहिले जनताको घरदैलोमा पुगी जनतामामm लोकप्रिय एजेण्डा लिएर पुग्ने गरेको र बिजयी भएपछि विकास लगायतका कुराहरुमा अनुभूति हुने गरी काम गर्ने समेत नेपाली कांग्रेसका उम्मेदवार श्यामलाल मेहताले प्रतिवद्धता व्यक्त गरेका छन् ।
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह रुख छापमा मतदान गरी कांग्रेसका उम्मेदवारहरुलाई बिजयी गराउनका लागि मतदाताहरुलाई अपिल समेत गरेका छन् ।