टोमराज मेहता
इनरुवा । नेपाली कांग्रेस स्थानीय तह केन्द्रीय निर्वाचन प्रचार प्रसार समितिमा समर्पित रहेको “जय नेपाल मुख मुखमा, भोट जति सबै रुखमा” गीत लिएर कृष्ण विक लगायतको टिम काठमाण्डौंबाट सुनसरी आउँने भएको छ ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक भएको “जय नेपाल मुख मुखमा, भोट जति सबै रुखमा” गीत लिएर कृष्ण विकको टिम बैशाख २६ गते सुनसरी आउँने भएको हो । स्थानीय तहमा नेपाली कांग्रेस जिताउने अभियान अन्र्तगत सो गीत सार्वजनिक भएपछि कलाकारहरु सुनसरीको बिभिन्न स्थानीय तहमा गीत प्रस्तुत गर्ने भएको हो ।
“जय नेपाल मुख मुखमा, भोट जति सबै रुखमा” गीतमा स्वर कृष्ण विक, प्रिति आले, सरला बिसि, शब्द र संगित एक नारायण भण्डारी, एरेन्ट मिक्स श्यामस्वेत रसाइली र कथा निर्देशन जिवी आग्रीले गरेका छन् ।
स्थानीय तहको निर्वाचनमा चुनावी गीत लिएर सुनसरीमा हुने चुनावी आमसभामा कलाकारहरुले सो गित प्रस्तुत गर्ने भएको नेपाली कांग्रेसका युवा नेता तथा नेपाली कांग्रेस युवा प्रचार नेटर्वक उससमितिका केन्द्रीय सदस्य डा. अबुल हुसेन अन्सारीले जानकारी दिएका छन् ।
“जय नेपाल मुख मुखमा, भोट जति सबै रुखमा” चुनावी गीत सार्वजनिक भएपछि अहिले निकै नै बजारमा लोकप्रिय बनेका छन् । नेपाली गीत संगित क्षेत्रमा ख्याती प्राप्त गरेका नेपाली कलाकारहरुले स्थानीय तहको निर्वाचनको मुखमा चुनावी गीत ल्याएपछि मतदाताहरुमा निकै उत्साह थपिएको छ ।
“जय नेपाल मुख मुखमा, भोट जति सबै रुखमा” लगायतका गीत संगित लिएर सुनसरीको चुनावी अभासभामा उनीहरु आउने भएपछि सुनसरीबासी समेत उत्साहित भएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिकामा आउँदो सोमवार हुने चुनावी सभामा सो गित प्रस्तुत गर्नका लागि काठमाण्डौंका कलाकारहरुको समेत सहभागिता हुनेछ ।
कलाकार कृष्ण विकले नेपाली कांग्रेसले चुनावी अभियानमा गरेका प्रतिवद्धताहरुलाई समेटेर बनाइएको “जय नेपाल मुख मुखमा, भोट जति सबै रुखमा” गीतले मुलुकभरका मतदाताहरुलाई सकारात्मक सन्देश प्रवाह गरेकाले एक पटक सुन्नका लागि पनि अनुरोध गरेका छन् ।