गनेश कुमार यादव
इनरुवा । सुनसरीको इनरुवा नगरपालिका क्षेत्र भित्रका मेयर तथा उपमेयरका उम्मेदवारहरु सँग निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन नेपाल (नगर प्याब्सन इनरुवा)को भेटघाट,छलफल तथा प्रतिबद्धता कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार इनरुवामा रहेको रोयल होटेल पार्टी प्यालेसमा इनरुवा नगरपालिका क्षेत्र भित्रका मेयर तथा उपमेयरका उम्मेदवारहरु सँग निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन नेपाल (नगर
प्याब्सन इनरुवा)को भेटघाट, छलफल तथा प्रतिबद्धता कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा इनरुवा नगरपालिका क्षेत्र भित्र रहेका निजी विद्यालयका समस्या तथा समाधान बारे मेयर तथा उपमेयरका उम्मेदवारहरु सँग छलफल भएको थियो ।
मेयर तथा उपमेयरका उम्मेदवारहरुले आफु निर्वाचित भएर आएपछि निजी तथा सरकारी विद्यालयका समस्या पहिचान गरि समे सम्मको सहयोग गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा मेयर तथा उपमेयरका उम्मेदवारहरु नेकपा एमालेको तर्फबाट सरोज पोखरेल,नेकपा एकिकृत माओवादी पार्दीको तर्फबाट ओम कोइराला(ओके),जनता समाजवादी पार्टी नेपालको तर्फबाट दिलिपचन साहु,लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट चुन्नी खातुन,राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट चन्देश्वर चौधरीलगायत इनरुवा नगरपालिकाको मेयर तथा उपमेयरहरु समक्ष निजी विद्यालयको समस्या तथा समाधान बारे छलफल गरिएको थियो ।
सो कार्यक्रममा नेपाली कांग्रेसलाई बोलाइएको थियो तर मोटरसाइकल र्याली कार्यक्रम आयोजना गरिएका कारण कोही पनि उपस्थित भएका थिएनन ।
कार्यक्रममा इनरुवा प्याब्सनका अभिभावक तथा बरिष्ठ सल्लाहकार बिष्णु प्रसाद कोईरालक,निरज पोखरेल,मनोज कुमार यादव,राजाराम मेहतालगायत दुइ सय भन्दा बढीको उपस्थीती रहेको थियो । उक्त कार्यक्रम नगर प्याब्सन इनरुवाको आयोजना तथा प्याब्सन इनरुवाका अध्यक्ष रमेश प्रसाद गुरागाइँको अध्यक्षतामा सम्पन्न भएके थियो ।