भाेक्राहा । भाेक्राहा नरसिंह गाउँपालिका-१ मा राप्रपाको प्यानल सहित विजय भएको छ ।
भाेक्राहा नरसिंह गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्षमण मेहता विजय भएका छन । उनी सहित प्यानलै निर्वाचित भएका छन् ।
१ हजार ९० मत ल्याएर मेहता वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत माेहन बहादुर अधिकारीले जानकारी दिए ।
उक्त वडामा ३ हजार २ सय २८ मतदाता मध्ये २ हजार ४ सय ७८ मत खसेकोमा मेहताका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका युवराज दाहालले ५ सय ४७ मत ल्याए।
सदस्यहरूमा राप्रपाकै , अकुल महताे ७२९, अमजाद मिँया६१५, सरिता उराँव ८२५र दलित महिला सदस्यमा आरति देवी शर्मा ८४६ मत ल्याइ निर्वाचित भएका छन् ।