इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर–४ मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फका उम्मेदवार हारुन अन्सारी पुनः निर्वाचित भएका छन् । अन्सारीले ८ सय २५ मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी जनता समाजवादी पार्टीका ब्रहमदेव उराँवले ७ सय २५ मत ल्याएर पराजित भएका हुन् । १ सय मतान्तरले अन्सारी पुनः आफ्नो विरासत फर्काएका छन् ।
त्यसैगरी भोक्राहा नरसिंह–४ को महिल वडा सदस्य राधा देवी उराँवले ८४१, दलित महिला वडा सदस्य कमला परियारले ८४६, वडा सदस्यहरु शिवनारायण मेहता र मजरुद अन्सारीले ८०२ र ७९५ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवारहरु पुरै प्यानल निर्वाचित भएका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका–४ मा अन्सारी निर्वाचित भएपछि मतदाताहरु उत्साहित भएर बिजयी जुलुस निकालेका छन् । निवार्चित भएका अन्सारीले जनताले दिएको पुनः जिम्मेवारीलाई इमान्दारितका साथ निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । संविधान जारी भएको पहिलो पटकको स्थानीय तहको निर्वाचनमा पनि जनताले अभिमत दिएर निर्वाचित गराएका थिए र दोश्रो पटक पनि मत दिएर निर्वाचित गराएकोले जनताको आशा र भरोसालाई कायम गर्दै नमुना वडा बनाउनेतर्फ केन्द्रीत हुने समेत निर्वाचित वडाध्यक्ष अन्सारीको भनाई छ ।
भोक्राहा नरसिंह–४ का जनतालाई भारी मतले निर्वाचित गराएकाले धन्यवाद समेत उनले व्यक्त गरेका छन् । २४ सैं घण्टा जनताको सेवामा समर्पित रहने र समस्या समाधान तथा विकास अझै गरेर सुनसरीको नमुना वडा बनाउनेतर्फ केन्द्रीत रहने निर्वाचित वडाध्यक्ष अन्सारीले टेलिफोनको कुराकानीमा बताए ।
जनता समाजवादी पार्टीको तर्फबाट भोक्राहा नरसिंह–४ को वडाध्यक्ष पदका उम्मेदवार उराँवले पछार्दै गएपनि अन्तिम अवस्थामा आएर १ सय मतान्तरले नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार हारुन अन्सारी निर्वाचित भएपछि वडावासी खुशी हुदैँ बधाई दिने ओइरो लागेका छन् । बिजयी जुलुसमा जनताले अगामी दिनमा वडामा जनताको भावनालाई कदर गर्दै काम गर्न समेत सुझाएका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका–४ को मतपरिणाम जस्ताको त्यस्तै ।