लौकही । सुनसरीको कोसी गाउँपालिका वडा नम्बर–३ को वडाध्यक्ष पदमा पुनः नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको छ । नेपाली कांग्रेस कोसी गाउँपालिकाका सभापति समेत रहेका सुलेमान मंसुरी वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । कोसी गाउँपालिका वडा नम्बर–३ मा मंसुरी दोश्रो पटक वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
मंसुरीले ७९२ मत ल्याएर निर्वाचित भएका छन् उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार श्यामसुन्दर सिंहले ७७३ मत ल्याएर पराजित भएका छन् । वडाध्यक्ष पदमा कडा प्रतिस्पर्धा भएपनि अन्तिम अवस्थामा नेकपा एमालेका उम्मेदवारलाई पछयाएर १९ मतले अगाडी बढेपछि मंसुरीको जित भएको हो ।
कोसी–३ का जनताले पुनः मन र मत दिएर निर्वाचित गराएकोले वडाबासीलाई उनले धन्यवाद ज्ञापन समेत गरेका छन् । जनताको सेवा गर्ने मौका प्रदान गरेका वडाबासीको पुनः ऋणी भएकोले पाँच वर्षसम्म काम गर्ने नवनिर्वाचित वडाध्यक्ष मंसुरीले विश्वास व्यक्त गरेका छन् ।
बाँकी रहेका कामलाई निरन्तरता दिदै कोशी टप्पु वन्यजन्तु आरक्षको समस्यालाई समाधान गर्नर्फ लाग्ने र जनताले चाहेको जस्तो विकास गर्न पछि नहटने समेत उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।