टोमराज मेहता
इनरुवा । नेपाली कांग्रेस सुनसरीले जिल्ला सदस्यमा दुईजना युवा नेतालाई मनोनित गरेको छ । नेपाली कांग्रेस सुनसरीले युवा नेता इनरुवा–३ निवासी धिरज भट्टराई र इनरुवा–१ निवासी सम्यम कोइरालाई जिल्ला सदस्यमा मनोनित गरेको हो ।
नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीद्वारा हस्ताक्षरित मनोनित पत्रमा उनीहरुलाई नेपाली कांग्रेस सुनसरीको जिल्ला सदस्यमा मनोनित गरिएको हो ।
नेपाली कांग्रेसका युवा नेता धिरज भट्टराई नेपाली कांग्रेस इनरुवा नगरका पूर्व सचिव हुन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सुनसरी क्षेत्र नम्बर–४ को सचिव पदमा पराजित भएका थिए ।
पराजित भएका भट्टराई निराश नभई पार्टीको कामप्रति इमान्दार वफादार भएर लागि परेका छन् । नेपाली कांग्रेसप्रति आस्था राखी सुनसरीभरमा कांग्रेसी नेताहरुलाई जिताउने डिजाइनरका रुपमा पनि परिचित छन् ।
२०७९ को निर्वाचनमा पनि भट्टराईको अथक प्रयास, मेहनत र चुनावी मैदानमा उत्रिएका कांग्रेसी नेताहरुलाई जिताउन अहम भूमिका खेलेका थिए । तथापी इनरुवा नगरपालिकाका नगर प्रमुख र उपप्रमुख तथा पाँच वटा वडाहरुमा वडाध्यक्ष जिताउने डिजाइनरका रुपमा अहिले उनको चर्चा सुरु भएको छ ।
युवा नेता भट्टराई र कोइरालालाई नेपाली कांग्रेसको आदर्श, सिद्धान्त,मूल्य, मान्यता तथा विद्यान, नीती र निर्णयको अधीनमारही आफनो कार्य सम्पादन गर्ने गरी जिल्ला सदस्यमा मनोनित गरिएको नेपाली कांग्रेस सुनसरीले जनाएको छ ।