Friday, February 13, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरका अध्यक्ष अंसारीद्धारा पदभार ग्रहण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ ९, २०७९
in FEATURE, मुख्य खबर, स्थानीय समाचार
हरिनगरका अध्यक्ष अंसारीद्धारा पदभार ग्रहण
57
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गफार अंसारी मियाँ र उपाध्यक्ष रिमझिम कुमारी भगत सहितले कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको छ ।

सोमबार आफूले जिल्ला न्यायाधीश कैलाश प्रसाद सुदेवी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएका अंसारीले कार्यालयको प्रागंणमा अरु ७ जना वडा अध्यक्ष र सदस्यहरु सहित जनप्रतिनिधिलाई शपथ ग्रहण गराउनुहुदै पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गरेको दिन नै स्थानीयतह सदस्य निर्वाचन २०७९, बाट निर्वाचित हरिनगर गाउँपालिका गाउँकार्यपालिकाको प्रथम बैठक सम्पन्न गरेको छ । उक्त बैठकबाट केही महत्वपूर्ण निर्णय गरेको अध्यक्ष गफार अंसारीले जानकारी दिनुभयो ।
अंसारीका अनुसार पहिलो बैठकले स्थानीय तह सदस्य निर्वाचन २०७९, बाट निर्वाचित भएपश्चात निर्वाचित गर्नु हुने सम्पूर्ण मतदाता आम हरिनगर गाउँबासीहरु तथा यस निर्वाचनमा सहयोग पु¥याउनु हुने सम्पूर्ण कर्मचारीहरु, सुरक्षाकर्मीहरु, सञ्चारकर्मीहरु समेतलाई धन्यवाद ज्ञापन गर्नेे निर्णय गरेको हो ।

त्यसैगरी हरिनगर गाउँपालिकाको अधिकांश भुभाग कृषि योग्य जमिन रहेको, यहाँका बहुसंख्यक घर परिवारको मूख्य पेशा कृषि रहेको, गाउँपालिकामा आधुनिक कृषि प्रणालीको विकास गर्न आधुनिक प्रविधिको प्रयोग गरी शासन प्रक्रिया एवम् सेवाप्रवाहमा सुधार गर्दै कृषि विकासको माध्यमबाट स्थानीय आर्थिक विकास गर्न नवप्रवर्तनमा आधारित कार्यक्रम “स्थानीयआर्थिक विकासका लागि शासन प्रक्रिया र सेवाप्रवाह सुधार कार्यक्रम”सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष गफार अंसारीले जानकारी दिनुभयो ।

त्यसैगरी बैठमा हरिनगर गापा क्षेत्र भित्र रहेका पक्की सडकहरुमा सडकबत्तीको व्यवस्था गर्ने, हरिनगर क्षेत्र भित्रनिर्माण भइरहेको कालोपत्रे सडकहरुको निर्माण कार्य यथाशिघ्र सम्पन्न गराउने, विपन्न गरीब मजदुरहरुलाई लक्षित गरीबीमा कार्यक्रम सञ्चालन गर्ने र . प्रत्येक वर्ष १० वटा गरीव विपन्न घर परिवारहरुलाई पक्की घर निर्माण गरी हस्तान्तरण गर्ने निर्णय गरेको अध्यक्ष गफार अंसारीले जानकारी दिनुभयो ।

पदभार ग्रहण कार्यक्रममा प्रमुख अथिति नेपाली काग्रेंसका केन्द्रिय सदस्य राजिव कोईरालाले विकास क्रमशः हुने भएकाले स्रोतसाधनले भ्याए अनुसार गर्न आग्रह गर्नुभयो । कोईरालाले विकासका लागि गाउँपालिकाले पहिलो पाँच वर्षमा उदाहरणिय कामहरु गरेकाले त्यसको प्रसंसा गर्नुहुदै काबी रहेका कामहरु छिटोछरितो र गुणस्तरीय रुपमा गर्न सुझाव दिनुभयो । कोईरालाले शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको विकासमा ध्यान दिन समेत सुझाव दिनुभयो । कृषि क्षेत्रका उरर्व भुमी भएर पनि सिंचाई र बजारको अभाव भएकाले त्यसमा ध्यान दिन तथा ठूला परियोजनाका लागि आफूले पनि पहल गर्ने आश्वभासन दिनुभयो ।

त्यसैगरी प्रदेश सांसद ताहिर मियाँले विपी बाबु र जिरिजाबाबुको सपना सकार हुदै घरघर र गाउँगाउँमा सिंह दरबार आएकाले समावेशी प्रतिनिधित्व गर्न पाएको बताउनुभयो । वहाँले समावेशी जनप्रतिनिधिहरु आएकाले विकास तिव्र गतिमा हुने समेत विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा जनता समाजवादी पार्टीका प्रत्यासि धर्मबिर आर्यले शिक्षाका लागि कक्षा १२ सम्म पढाई भईरहेको विद्यालयलाई क्याम्पसमा स्तोरोन्नती गर्नुपर्ने, अस्पताल संचालन गर्नुपर्ने, कृषिमा भुमिगत र विधुतिय सिचाईको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।

त्यसैगरी जनमत पार्टीका कपिलेश्वर यादवले सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पु¥याउन गाउँपालिकाले एम्बुलेन्स निःशुल्क उपलब्ध गराउनुपर्ने, सुनसरी खोला कटान तथा बाढी नियन्त्रणका लागि ठोक कार्य गर्नुपर्ने, पालिकाभित्रैका स्वास्थ्य संस्थाहरुमा पु¥याउनका लागि निःशुल्क र जटिल समस्या आई बाहिर लैजानुपरेमा एम्बुलेन्सको भाडामा ५० प्रतिशत छुट दिनुपर्नेे सुझाव दिनुभयो । नवनिर्वाचित जनप्रतिनिधिहरूले पदभार ग्रहणकै अवसरमा नयाँ–नयाँ घोषणा गर्ने भएकाले त्यसमा काम गर्न सक्ने र दिगो फाईदाका काम गर्न नेकपा एमालेका श्रीकृष्ण मेहताले सुझाव दिनुभयो ।

कार्यक्रममा इनरुवा नगर प्रमुख तथा नेपाली काग्रेंसका जिल्ला सभापती केदार भण्डारीले विकासमा सबैको साझेदारी र हातेमालो आवश्यक रहेको बताउनुभयो । समाजवेसी कौशल किशोर कर्णले विकासमा जनसभागिता र जनप्रतिनिधिको कार्यको पारर्दिश्ता आवश्यक रहेको बताउनुभयो । वडा अध्यक्षका तर्फबाट १ नम्बर वडा अध्यक्ष प्रविण गुप्ताले आफूहरु फरक पार्टीको भएपनि राम्रो काम र योजनामा साथ दिने तर अहितका कुनै काम भए त्यसमा प्रतिबाद गर्ने बताउनुभयो ।

हरिनगर ३ का वडा अध्यक्ष अरविन्द मेहताले आफूले विगतमा सिकेको पाठ र सिकाईलाई थप प्रभावकारी रुपमा व्यवहारमा उतार्ने बताउनुभयो । नेपाली काग्रेंसका हेमनारायण मेहताले सबैको सहयोग र सहकार्यमा नै हरिनगरको विकास सम्भव भएको बताउनुभयो ।
कार्यक्रममा ७ वटै वडाका अध्यक्षहरु, सदस्यहरु, विभिन्न राजनीतिक दलका नेताहरु, सुरक्षाकर्मीहरु, संचारकर्मीहरु र उल्लेख्य संख्यामा नागरिकहरुको उपस्थिती रहेको थियो ।

Share23Tweet14SendScan
Previous Post

सञ्चारमन्त्री कार्कीको क्षेत्रमा कांग्रेसको एक्लौटी जित

Next Post

इनरुवा १ नम्बर वडाका निर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
इनरुवा १ नम्बर वडाका निर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

इनरुवा १ नम्बर वडाका निर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In