काठमाण्डौं । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले पाचौ बार्षिकोत्सवको अबसरमा पैदलयात्रा सम्पन्न गरेको छ। ललितपुरको लगनखेलबाट बाजागाजा सहित शुरु भएको उक्त पैदल यात्रामा नेपाल क्यान्सर हस्पिटलका कर्मचारीहरु, संचालक समिती सदस्यहरु, नेपाल क्यान्सर सपोर्ट समुहका सदस्यहरु र हस्पिटलका शुभचिन्तकहरु सहभागी थिए।
पैदल यात्रामा सहभागी उत्साहित जनसमुहले ूनेपालीको क्यान्सर उपचार नेपालमै उत्कृष्टसंग उपचार कहाँ, नेपाल क्यान्सरमा जस्ता ब्यानर सहितका नाराहरु लगाउदै पाटनको दरवार चोकमा र जावलाखेलमा चकित नाच (फ्लाश मोब) प्रदर्शन गरेका थिए।
फ्लाश मोबको अबसरमा प्रदर्शन गरिएको चकित नाच र बजेको गीतबाट सम्पूर्ण दर्शकहरु मन्त्रमुग्ध भएर ताली पिट्नुको साथै स्वयम पनि नृत्य गरेका थिए। नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले हरेक बर्ष आफ्नो बार्षिकोत्सवको अबसरमा बिबिध कार्यक्रम गर्दै आइरहेको छ।