Monday, September 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

“धार्मिक, सांस्कृतिक सम्पदानै इनरुवाको असली गहना”

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ ३१, २०७९
in FEATURE, साहित्य
“धार्मिक, सांस्कृतिक सम्पदानै इनरुवाको असली गहना”
185
SHARES
Share on FacebookShare on Twitter

– रिकेश निरौला

झोडाफढानी काल देखी आजका दिन सम्म आइपुग्दा इनरुवाको परिचय भनेको के भन्दा सम्पूर्ण नगरवासी हरुको मुखारबिन्दबाट सुन्न पाइन्छ,यहाँकाे सांस्कृतिक र धार्मिक सम्पदा हो । इनरूवा सानो नगर भएता पनि यहाँ धेरै मठ मन्दीर हरू छन् । जनसङ्‌ख्याको हिसाब‌मा पनि इनरुवा नगर सानो छ करिब ३३ हजार जनसङ्ख्या भएको इनरुवामा धेरै जात जाती र विभिन्न धर्ममान्ने मानिस हरुको बसोबास छ। त्यसैले इनरूवा धार्मिक, सांस्कृतिक सम्पदामा निकै धनि छ ।
संस्कृति हाम्रो सुन्दरता हो, संस्कृति हाम्रो परिचय हो र बहुमूल्य गहना हो कि यसको महत्व भन्दै जादा विभिन्न उपाधि पाइसक्नु भएको संस्कृतिविद्हरूले पनि भेटिसक्नु भएको छैन होला यसको गहिराइलाई । नेपालको परिचय नेपालीले भन्दा विदेशी नागरिकले बढी बुझेका छन् । नेपालको संस्कृतिमा विदेशी नागरीक हरुले मनोरञ्जन लिने गरेका छन् भने जस्तै इनरुवाको परिचय र महत्व इनरुवा बासीन्दा हरुले भन्दा बाहीरी नगर जस्तै इटहरी, प्रकाशपुर,धरान, दुहवी, देवानगन्ज तिरका मानिस हरुले बढी बुझेका छन् र मनोरञ्जन लिने गरेका छन् । इनरुवामा धेरै मठ मन्दीर र धार्मिक समादा हरु छन्, ती मध्ये अधिकाम्स मठ मन्दीर हरूमा वार्षिक रुपमा पुराण, धार्मिक मेला हरू लाग्ने गरेका छन्। केही मन्दीर हरुको पुनरनिर्माण हुदै छ र केही को पुनरनिर्माण गर्नु पर्ने अवस्था सृजना भएकाे छ।
इनरुवा एउटा यस्ताे प्राकृतिक सम्पदाले भरिपूर्ण नगर हो कि यहाँ असंख्य स्रोतका भण्डार रहेका छन्, मात्र यसकाे उचित परिचालन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण नभएको र सांस्कृतिक सम्पदा संरक्षणले नगरको पहिचान देशमा चिनाउन सकिन्छ भन्ने धारणा नागरिकमा चेतना नभएर मात्र हो । सम्पदा र संस्कृति बचाउने नाममा मठमन्दिर, गुठी संस्थान, सार्वजनिक जग्गाजमिन इत्यादि क्षेत्र दिनप्रतिदिन अतिक्रमण हुँदै गएका छन्, खण्डीकृत हुँदै गएका छन्। यसतर्फ कसैको ध्यान गएको छैन । युवा पुस्तालाई आजको पश्चिमा संस्कृतिले व्याप्त रहेको इनरुवाको पहिचान त के हो के, कसैलाई हुनै परवाह नै छैन । आन विदेशी संस्कृति नेपालमा हाबी हुँदा इनरुवाको मात्र हैन नेपालकै मौलिक संस्कृति लोप हुन लागेको छ । नेपाली भाषामा विभिन्न जातजातिको नाच, धार्मिक आस्था राख्ने वर्ग, जनजातिको जाता, समयानुसारको पर्व, शैली, मेलापातमा गाइने असारे जत्रा,रोपाई अनि महिलादिदि बहीनीले गाउँने सङ्गिनि गित क्रमश दिनानुदिन लोप हुन थालेको छ ।
हामीले वर्षमा एक दिन पनि हाम्रो पहिचान झल्कने भेषभूषा धारण गरेर यसको महत्वका बारेमा कुनै सार्वजनिक कार्यक्रम प्रस्तुत गरेका छैनौं । अनि आफैँ भनौं त हामीले हाम्रो संस्कृति, भेशभूषा, रीतिरिवाज, रहन‌सहन, खानपिन र दैनिकीलाई कुल्चिएर हिँडेका छौं यसको संरक्षण कसले गर्ला र कसले सोच्ला खै ? अहिले इनरुवामा बसोबास गर्ने युवावर्गको दैनिकी फेरिँदै गएको छ। जब नेपालमा पश्चि‌मा देशको संस्कृति, भित्रियो त्यति नै बेलाबाट इनरुवाको मात्र नभएर नेपालकै खानपिन, रहनसहन र संस्कृतिको लोप हुँदै गएको छ । मानिसले आफ्नो बाउबाजेको पालादेखी गर्दै आएका खेतीपाती गर्न छाडी सके,विदेशी खानपिन, लवाइ- खुवाइ लाई प्राथमिकतामा राख्न थालिसकेका छन्, जसले पश्चिमा शैलीलाई प्राथमिकता दिई आफ्नो मौलिकतालाई विस्थापित गरिदिएको छ। आजका नयाँपुस्तालाई नेपालको राष्ट्रिय खाना के हो ? थाहा हुँदैन, तर अमेरिका, जापान, बेलायत इत्यादि देशका बारेमा सोधौं त एउटा ठेली पुग्नेसम्म थाहा हुन्छ हाम्रा देशका युवाहरूलाई ।
अब इनरुवाको मात्र नभएर नेपालकै संस्कृतिको कुरा गरौं, नेपालको पहिचान भनेकै नेपालको संस्कृति हो, यहाँको भाषा, धर्मले नै नेपाललाई विश्वसामु चिनाएको छ।युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश भएका नेपालका सम्पदाहरू नेपालका चिनारी हुन् । यस्ता सम्पदाहरूको सम्पदा हरुकाे संरक्षण र संवद्रन गर्नु जरूरी छ।यसतर्फ सरकार मात्र लागी परेर हुदैन, हामी जनता आफै क्रियाशील भएर संरक्षणमा लग्नु पर्छ । वि.स २०७२ सालमा गएको विनाशकारी भूकम्पले नेपालका सांस्कृतिक सम्पदाहरू भत्किएको, कतीपय जिर्ण अवस्थामा पुगेको ले गर्दा त्यसको पुननिर्माणले गति लिन नसक्दा विश्वसम्पदा सूचीमा रहेका हाम्रा सांस्कृतिक गहनाहरू विश्वसम्पदा सुचीबाट बाहिरीने अवस्था नआउला भन्न सकिदैन । विदेशी पर्यटकहरू नेपालका कला कौशलता लाई फोटो खिचेर विदेशमा प्रवर्दन गरिरहेका छन्, नेपाल सरकारको ध्यान जाओस कि नेपाल एउटा सांस्कृतिक विविधताले युम्त देश हो नेपाललाई सारा विश्वसामु चिनाउन सम्पदाको संरक्षण गर्न आवश्यक छ । सरकारले पनि बजेट चाषणमार्फत यस्ता धार्मिक, सांस्कृतिक धरोहरको संरक्षणमा बजेट विनियोजन गरी स्वदेशी तथा विदेशी पर्यटकको पर्यटन प्रवद्रन गर्न नीति कार्य सम्पादन गर्नुपर्छ । युवा शक्ति देशका ऊर्जा भएकाले युवा शक्तिले पिता- पुर्खाले बाई ल्याएको संस्कृतिलाई जोगाएर पुस्ता हस्तान्तरण गरी पुस्ताै पुस्ता सम्म हाम्रा सन्ततिहरूका लागि जान्नुपर्छ ।
यसरी धार्मिक, सांस्कृतिक सम्पदाको बारे अध्यन गर्दा सनातन तथा वैदिक काल देखी वा कुनै एउटा निश्चित काल देखिनै मान्दै आएका हाम्रा संस्कार, परम्परा रीतिरिवाजहरू तथा मानव जीवन निर्वाहकालागी मानवीय गुणबाट परिष्कृत पद्धतीहरू नै हाम्रो धर्म‌को सार तत्व हो भने यसको व्यवहारिक निरन्तरता तथा समय सापेक्ष मानवीय हितमा धर्मको रक्षार्थ मनाईने उत्सव पर्व तथा मान्यता हरू समेत हाम्रा संस्कृतिहरू हुन भन्ने बुझिन्छ । धर्म हाम्रो मुटु हो भने रक्त संन्चार हाम्रो संस्कृति हो । धर्मले संस्कृतिलाई चलाएमान बनाएको हुन्छ भने संस्कृतिले जगलाई जीवन्त राख्न मदत गरिरहेको हुन्छ।धार्मिक,सांस्कृतिक सम्पदाकाे रक्क्षा गर्न सरकारकाे मात्र नभएर आमसर्वसाधार्ण जनताकाे पनि हाे।साथै भखरै पदभार सम्माल्नु भएकाे स्थानिय तहका जनप्रतिनिधि हरुकाे पनि इनरुवाकाे धार्मिक,सांस्कृतिक सम्पदाकाे जगेर्ना गर्न तर्फ ध्यान जाओस।

Share74Tweet46SendScan
Previous Post

मोबाइल पसलबाट मोबाइल चोरी गर्ने २ पक्राउ

Next Post

मधेशी समुदायको सशक्तिकरणमा आयोग

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
मधेशी समुदायको सशक्तिकरणमा आयोग

मधेशी समुदायको सशक्तिकरणमा आयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज १२, २०८३
Mon, September 28, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In