सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल साउदी अरवको मक्का मदिनामा हज गर्न जाने १०९ हजयात्रीलाई बिदाइ गर्नुभएको छ । उहाँले आज बिहान हजयात्रीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको हो ।
मन्त्री कार्कीले सुनसरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीसहितका हजयात्रीलाई दोसल्ला ओढाएर बिदाइ गर्नुभएकोे हो । हजयात्राका लागि पहिलो दिन सुनसरीबाट ७९, मोरङबाट २४, झापाबाट तीन, प्रतिनिधि दुई र चिकित्सक एक जना त्यसतर्फ निस्कनुभएको हो । हजयात्री साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्कामदिना पुग्ने नेपाल हज समितिले जनाएको छ ।
बर्सेनि एक हजार २०० जनालाई हज यात्राका लागि व्यवस्थापन गर्ने भएकामा कोभिड–१९ को प्रभावका कारण यस वर्ष ५४८ जनाको कोटा निर्धारण गरिएको नेपाल हज समितिका अध्यक्ष शमसेर मियाँले जानकारी दिनुभयो । आजदेखि पाँच दिनसम्म क्रमशः सबै हजयात्री मक्का मदिना प्रस्थान गरिसक्ने समितिले जनाएको छ ।
विमानस्थलमा सञ्चारमन्त्री कार्की सहित नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु रामहरि खतिवडा, अबदुल सतार, नेपाल मुस्लिम संघका प्रदेश १ का अध्यक्ष डा. इसराईल मंसुरी, कांग्रेसका युवा नेता डा.अवुल हुसेन अंसारीले पनि उहाँहरूलाई बिदाई गर्नुभएको थियो ।
सुनसरीको इनरुवा–१० की निवासी बरिरा खातुन १२ वर्षकै उमेरमा हज गर्न साउदी अरबको मक्का मदिनाका लागि प्रस्थान गर्नुभएको छ । १०९ जना मध्ये सबै भन्दा कम उमेरकी खातुनले हज गर्न साउदी अरवको मक्का मदिनाको लागि प्रस्थान गरिएको हो । पाँचदिनमा ५४८ जनाले ३६ दिनको हजयात्रा पूरा गरी नेपाल फर्किने छन् ।
मुस्लिम समुदायमा मक्कामा गएर हज गर्नु जीवनको ठुलो उपलब्धिको रुपमा लिने गरिन्छ । विश्वभरिका मुसलमान आफ्नो जीवनमा एकपल्ट मक्कामा गएर हज गर्ने चाहना राख्दछन् । हजका लागि विश्वभरिबाट मुस्लिमहरू मक्का मदिना पुग्ने गर्दछन ।
इलाममा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
इलाम । इलाममा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।झापाबाट माई...