इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा शैक्षिक सुधारको लागि प्रस्ताव गरिएको कार्यदिशा स्विकृत भएको छ ।
भोक्रहा नरसिंह गाउँपालिकाको शैक्षिक क्षेत्र सुधारको लागि प्रस्ताव गरिएको कार्यदिशा असार २८ गते मंगलबार बसेको दोश्रो गाउँसभाको १३ औं बैठकबाट स्विकृत भएको हो ।
भोक्राहा नरसिंह गाउँपालिकाको दोश्रो गाउँसभाको १३ औं बैठकबाट निम्न बुंदाहरु स्विकृत भएको गाउँपालिकाले जनाएको छ ।
–उच्च स्तरीय शैक्षिक सुधार अध्ययन कार्यदल गठन गरि प्रत्येक शैक्षिक संस्थाहरुमा अनुगमन,निरिक्षण,कार्यशाला गरि सुझाव सहितको प्रतिवेदन पेश गर्ने ।
–प्रतिवेदन अनुसार उल्लेख शैक्षिक संस्थाहरुको शैक्षिक सुधार योजना बनाउँने ।
–प्रत्येक वडाले एक÷एक वटा विद्यालय छनोट गर्ने ।
–अध्ययन प्रतिवेदको आधारमा शैक्षिक सुधार कार्यक्रम मार्फत वडाले छनोट भएको विद्यालय को भौतिक संरचना ,शिक्षक दरबन्दी ,विद्यार्थी प्रोत्साहन÷आर्कषण्को कार्यक्रम ल्याई शैक्षिक अवस्थाको सुधार गर्ने ।
–छनोट भउको एक एक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने ।
–उत्कृष्ट विद्यालयमा वि।व्या।स।प्र।अ शिक्षकलाई पुरस्कृत गर्ने।
–शैक्षिक अवस्था कम्जोर रहेको विद्यालयका शिक्षकहरुलाई अन्य विद्यालयमा स्थानान्तरण गरि क्षमता विकाश गर्ने ।
–विद्यार्थी कम भएको विद्यालयहरु म्र्ज गर्ने।
–दरबन्दी मिलान गर्ने ।
–नयाँ विद्यालय स्थापनाका लागि विद्यालय नक्सांकन सम्बन्धी कार्य गर्ने। लगायतका बुंदाहरु गाउँपालिकाको दोश्रो गाउँसभाको १३ औं बैठकबाट स्विकृत भएका हो ।
भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले पालिकाभित्र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि यो कार्यदिशाले मद्दत पुग्ने बताएका छन् ।पालिकाभित्र रहेका विधालयहरुमा विधार्थी कम भएमा सो विधालयहरुलाई मर्ज गर्ने सो बैठकबाट निर्णय भएकोले कार्यान्वयन गर्न अनुगमन र निरिक्षण गर्ने अध्यक्ष अजादले बताएका हुन ।
पहिलो प्राथमिकता शिक्षा क्षेत्रलाई दिएकोले प्रत्येक वडामा एक वटा सुधारिएको विधालय बनाउन पालिकाले महत्वपूर्ण भुमिका निर्वाह गर्न तत्पर रहेको समेत पालिकाका अध्यक्ष अजादको भनाई छ । भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष अजमल अख्तर अजाद, उपाध्यक्ष सुनिता देवी उराँव र प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताको संयुत्त हस्ताक्षर गरिएको सूचनामा निर्णयलाई कार्यान्वयन गर्न गराउन कार्यदिशा लागू गरिने भनिएको छ ।