Saturday, November 15, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सडक निर्माणमा सरकार गम्भिर: मन्त्री कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार २९, २०७९
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
सडक निर्माणमा सरकार गम्भिर: मन्त्री कार्की
63
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । प्रदेश १ सरकारका भौतिक पूर्वाधार निर्माण तथा सहरी विकास मन्त्री हिमाल कार्कीले दुहवी इनरुवा सडक खण्ड निर्माणमा प्रदेश सरकार गम्भिर रहेको बताउनुभएको छ । बुधबार सुनसरी सदरमुकाम इनरुवामा इनरुवा–दु्हबी सडक निर्माण दवाव समितिले आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्नुहुदै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।

मन्त्री कार्कीले विगतको भन्दा शहरीकरण र जनसंख्या वृद्धिले सडक बाटो फराकिलो गर्नुपर्ने आवश्यक भएपनि अनावश्यक अधिक्रमण र थप बाटोका लागि जग्गा लिनुपर्नेमा मुआब्जाको समस्या हुने भएकाले जोखिमका बीचमा पनि प्रदेश सरकारले सडक निर्माण र विस्तारमा ध्यान दिएको बताउनुभयो ।

वहाँले अधिकाँश सडकहरु सागुरो भएकोले बढदो शहरीकरण र जनघनत्वका कारण सडकहरुमा आवत जावतमा समस्या भएको बताउनुभयो । कतै भएको सडकबाटोमा अतिक्रमण बढेकोे छ भने कतै भएको सडकमा काम नहुँदा दुर्घटनाको जोखिम समेत बढेको वहाँको भनाई छ ।पूर्व मख्यमन्त्री भिम प्रसाद आचार्यले पनि कार्यक्रममा सडक निर्माण हुनुपर्ने र त्यसका लागि आफूले पनि पहल गर्ने बताउनुभयो ।
नेपाली काग्रेंस प्रदेश १ संसदिय दलका नेता तथा पार्टीका केन्द्रिय सदस्य राजिव कोईरालाले सडक निर्माणका सवालमा आफूले सदनमा कुरा उठाएको तर सुनुवाई नभएको बताउनुभयो । पच्छिलो पटक संघीय की प्रदेश सरकारले दुहवी इनरुवा सडक हेर्ने विषयमा पनि केही अन्यौल रहेकाले पनि समस्या भएको बताउनुभयो । वहाँले चार लाईन नभएपनि दुई लेनको स्तरीय सडक निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सासद ताहिर अंसारी र ज्योती सुब्बाले पनि शहरीकरण र जनसंख्या वृद्धिले पुरना सडकबाटो अभाव भएको र सबारी चाप बढेकाले फराकिलो गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । दुहवी नगरपालिकाका प्रमुख देवनारायण गच्छदार, गढीका अध्यक्ष आशनारायाण चौधरी र इनरुवा नगर प्रमुख केदार भण्डारी सहितले अहिले बढेको सबारी चापले पैदल यात्रुलाई समस्या भएकाले फराकिलो गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो ।कार्यक्रममा इनरुवा उपप्रमुख विनिता कुमारी मेहता, गढीका उपाध्यक्ष अनिता कुमारी साह, एमालेका नेता सरोज पोखरेल, इनरुवाका वडा अध्यक्षहरु अनिल पोखरेल, प्रमोद पोखरेल, सुमन थापा सहितको उपस्थिती रहेको थियो ।
स्थानीय नागरिकहरुको सकृयतामा इनरुवा दुहबी सडक निर्माण दवाव समितिले इनरुवा दुहबी सडक खण्डको इनरुवा ५, ७ गढी २,

दुहबी १०, २ र ६ सम्मको सडक जिर्ण बनेर आवतजावतमा समेत कठिन बनिसकेकोले निर्माणका लागि दवाव दिन स्थानीय स्तरमा संघर्ष समिति गठन गरिएको छ । करिव १५ कि.मि. लामो दुहवी– इनरुवा सडक खण्ड लामो समयदेखि जिर्ण बनेपनि सामान्य टालटुल गरेर सञ्चालनमा रहेको छ । तर पछिल्लो एक वर्षमा आधा दर्जन पटक टालटुल गरेपनि फेरि उस्तै भएपनि आजित प्रभावित स्थानीयहरुले नयाँ सडक निर्माणको लागि दवाव दिन भन्दै संघर्ष समिति गठन गरेको समितिका संयोजक गोविन्द प्रसाद पोखरेलले बताउनुभयो ।
पोखरेलका अनुसार इनरुवा दुहवी सडक खण्डमा पर्ने समाजसेवी, बुद्धिजीवि तथा व्यवसायी गोविन्दप्रसाद पोखरेलको संयोजकत्वमा ५० सदस्यीय सडक निर्माण दवाव समिति गठन गरिएको थियो ।भेलामा समितिको सह–संयोजकमा दण्डपाणी भण्डारी, एकराज खनाल, दाताराम पोखरेल, माधवप्रसाद सुवेदी, सचिवालय सदस्यहरु इनरुवा नगरपालिका ५ का पूर्व वडाध्यक्ष अञ्जनीकुमार पोखरेल, अच्यूत भण्डारी, नेत्र श्रेष्ठ, हेमराज पोखरेल, लालबहादुर श्रेष्ठ, हेमबहादुर श्रेष्ठ, सीता पोखरेल, कृष्ण खनाल, ईश्वर पोेखरेल, रमेश कट्वाल, कपिलहरी निरौला, विनोदभाई पोखरेल, रामनारायण चौधरी र टंकप्रसाद पोखरेल लगायतकाले समस्याका बारेमा बोल्नुभएको थियो ।

समितिले दुहबी इनरुवा सडक खण्डमा दायाँबाँया ढल निकास सहितको ४ लेनको गुणस्तरीय सडक निर्माण गर्नुपर्ने, सडकको दायाँबाँया कम्तीमा ५–५ फिटको यात्रु आवत जावत गर्ने फुटपाथ निर्माण गर्नुपर्ने, सडकको छेउछाउमा दुवैतर्फ सडकको पानी निकासका लागि कम्तीमा भी सेप राख्ने, चार लेन मध्ये दुवै तर्फ वनवे निर्माण गर्ने र बिचमा डिभाइडर निर्माण गने र बिजुली, खानेपानी, अप्टीकल फाइवर, नेटका तारहरुको समुुचित व्यवस्थापन गर्ने लगायतका मागहरु अघि सारेका छन् ।

Share25Tweet16SendScan
Previous Post

भोक्राहा नरसिंह गाउँपालिकामा शैक्षिक सुधारको लागि प्रस्ताव गरिएको कार्यदिशा स्वीकृत

Next Post

केन्द्रीय समितिमा ज्ञानेन्द्र कार्कीले भने- सभापति देउवामाथि हामीले गर्व गर्नुपर्छ

Related Posts

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
Next Post
केन्द्रीय समितिमा ज्ञानेन्द्र कार्कीले भने- सभापति देउवामाथि हामीले गर्व गर्नुपर्छ

केन्द्रीय समितिमा ज्ञानेन्द्र कार्कीले भने- सभापति देउवामाथि हामीले गर्व गर्नुपर्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, कार्तिक ३०, २०८२
Sat, November 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In