विराटनगर । १९ वर्षीया युवतीलाई जर्बरजस्ती करणी आरोपमा कराँते प्रशिक्षक बिनोद राउत र उनका साथी सुरज सुवेदी पक्राउ परेका छन् ।
विराटनगर–३ का ५० वर्षीय राउत र उनका साथी सुवेदीले एक किशोरीलाई जर्बरजस्ती करणी गरेको आरोप लागेको छ ।मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठका अनुसार पीडितको जाहेरीका आधारमा दुईदिन अगाडी नै उनीहरुलाई पक्राउ गरि अनुसन्धानका लागि म्याद थप गरिएको छ । उनीहरुलाई विराटनगरबाट पक्राउ गरिएको थियो ।
युवतीलाई होटलमा लगेर जर्बरजस्ती करणी गरेको र भिडियो बनाएर थप दुःख दिएको भन्दै उनीहरु विरुद्ध आइतबार प्रहरीमा जाहेरी दिइएको थियो । राउत मोरङ जिल्ला खेलकुद विकास समितिका कराते प्रशिक्षक हुन् । नेपाल खेलकुद महासंघको खेलकुद विज्ञ समेत हुन् ।
श्रोत : https://ourbiratnagar.net