जयकृष्ण यादव
इनरुवा । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा तिज विषेश कार्यक्रम सम्पन्न भएको छ । नेपाल नेपाली नारीहरुको महान चाड हरितालिका तीजको पावन अवसरमा इनरुवा नगरपालिकाको कार्यालयको आयोजनामा नगरभरीका महिलाहरुको बीचमा तिज विषेश कार्यक्रम सम्पन्न भएको हो ।
तीज विशेष साँस्कृतिक तथा दर खाने कार्यक्रम एवम् शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको इनरुवा नगरपालिकाका उपप्रमुख विनित कुमारी मेहताले जानकारी दिनुभयो । इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीको अध्यक्षता तथा नेपाली काग्रेंसका प्रदेश १ संसदिय दलका नेता राजिव कोईरालाको प्रमुख आथित्यतामा तिज विषेश कार्यक्रम सम्पन्न भएको मेहताले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अथिति कोईरालले तिजले संस्कृतिको जगेर्ना गर्ने र आपसी सदभाव समेत कायम गर्ने विश्वाश व्यक्त गर्नुभयो । कोईरालाले हिन्दू नेपाली महिलाको प्रमुख पर्व ‘हरितालिका तीज’को अवसर पारेर तीज विशेष तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकोमा इनरुवा नगरपालिकालाई धन्यवाद दिनुभएको छ ।
उहाँले मधेसी र पहाडी दुवै समुदायका महिलाहरु एकसाथ एउटै मञ्चमा गरेको प्रस्तुति र गितनाचले झनै सम्बन्धलाई जोडिएको बताउनुभयो । दुवै समुदायका गीतहरु र नाचले भावनात्मक रुपमा पनि जोडेको बताउनुभयो ।
कार्यक्रममा संघीय सासद तथा पूर्व राज्य मन्त्री सिताराम मेहता, प्रदेश सांसद नवोदिता चौधरी, ज्योति सुब्बा, जिल्ला समन्वयन समिति सुनसरीका उपप्रमुख कमला खतिवडा, इनरुवाका पूर्व उपप्रमुख जमुना गौतम पोखरेल, नेपाली काग्रेंसका केन्द्रिय सदस्य राजिव ढुगंना सहितको आतित्थ्यता रहेको थियो ।
उक्त कार्यक्रममा बालबालिका तथा समुह समुहमा महिलाहरुले नेपाली तीजका गीतहरुमा भरमग्दुर मनोरन्जन लिदै कम्मर भाँचीभाँची नाचेका थिए भने स्थानिय कलाकरहरुले प्रस्तुत गरेका नृत्यहरु, गायन तथा अन्य प्रस्तुतीले कार्यक्रमको साङ्गितिक माहोल झनै तताएको थियो । कार्यक्रमलाई रौनक बनाउन महिलाहरुको भिडमा पुरुषहरुले पनि प्रस्तुति दिएका थिए ।