जयकृष्ण यादव
इनरुवा। नेपाली कांग्रेस सुनसरीले निर्वाचन लक्ष्ति गरेर जिल्लाका महाधिवेशन प्रतिनिधि एवं प्रदेश प्रतिनिधिहरुको लागि कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । नेपाली काग्रेंसको किल्लाको रुपमा रहेको सुनसरी जिल्लालाई अझै मजबुत बनाउदै लाने र अगामि मंसिर ४ गतेको संघ र प्रदेशको निर्वाचनमा जित हासिल गर्ने रणनितिको बारेमा जानकारी तथा नेता कार्यकर्ताहरुको भुमिकाका बारेमा गोष्ठी केन्द्रित रहेको थियो ।
पार्टीका जिल्ला सचिव विरेन्द्र साहका अनुसार नेपाली कांग्रेस जिल्ला कार्य समितिले आयोजना गरेको आमनिर्वाचनलाई मध्यनजर गर्दै जिल्लाका महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरुको कार्यशाला गोष्ठी तथा प्रशिक्षण भव्यताका साथ सम्पन्न भएको छ । सहभागी सबै प्रति साहले आभार प्रकाट गर्नुभएको छ ।
काग्रेंसको महाधिवेशन एवं प्रदेश प्रतिनिधिहरुको लागि आयोजित कार्यशाला गोष्ठीमा नेपाली काग्रेंसका प्रदेश १ संसदिय दलका नेता तथा केन्द्रिय सदस्य राजिव कोईराला, नेपाली काग्रेंसका केन्द्रिय सदस्य राजिव ढुगंना पार्टीका नेता , संघीय सासद तथा पूर्व राज्य मन्त्री सिताराम मेहता, प्रदेश सांसद नवोदिता चौधरी, ज्योति सुब्बा, जिल्ला समन्वयन समिति सुनसरीका उपप्रमुख कमला खतिवडा, इनरुवाका पूर्व उपप्रमुख जमुना गौतम पोखरेल सहितको उपस्थिती रहेको थियो ।
नेपाली कांग्रेस सुनसरीले पार्टी सुदृढीकरणका लागि साङ्गठनिक तथा निर्वाचन लक्ष्ति योजना निर्माण गर्ने लक्ष्यका साथ कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । कांग्रेसका जिल्ला पदाधिकारी एवं महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरुको सहभागीमा कार्याशाला मार्फत सुझावहरू सङ्कलन गरिएको पार्टी स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्राप्त सुझावका आधारमा योजनालाई अन्तिम रूप दिइने र भदौ १६ गतेसम्म काग्रेंसको जिल्ला समितिबाट सम्भावित उम्मेदबारहरुको नाम समेत सिफारिसका बारेमा छलफल भएको छ ।