काठमाडौं । मुस्लिम समुदायको संवैधानिक हक अधिकारको संरक्षण गर्न पाएको संवैधानिक पदलाई शमीम अंसारीले दुरुपयोग गरिरहेको अबुल हुसैन अंसारीले आरोप लगाएका छन । आज मिति भाद्र १८ गते नया पत्रिका कान्तिपुर लगायत राष्ट्रिय पत्रिकाहरुमा प्रकाशित भएको खबर अनुसार त्रिभुवन विमान स्थलको भीआईपी कक्षको दुरुपयोग गर्दै मुस्लिम आयोगका अध्ययक्ष शमीम मिया अंसारीले एक जना अभियुक्तलाई भगाएको समाचार छ । समाचार प्रकाशित पछि शमीम मिया अंसारीको उक्त कामको चौतर्फी विरोध भई रहेकोछ ।
नेपाली कांग्रेसका युवा नेता अबुल हुसैन अंसारीले नैतिकताको आधारमा आफ्नो पदबाट राजीनामा दिने मांग गरेका छन । आदिल टाइम्स सँग टेकिफोनिक कुराकानी गर्दै हुसेनले भने ‛ संवैधानिक आयोग र समुदायको बनदनामी गराउने अधिकार शमीम मिया अंसारीलाई छैन । ऊनि एउटा कलङ्कित पात्र हुन । साथै हुसेनले एमालेको कार्यकर्ता जस्तै शमीम अंसारीको हर्कत भएको ठहर गर्दै सरकार स्वतः संज्ञान लिएर मुस्लिम आयोगको अध्यक्ष पदबाट बर्खास्त गर्नुपर्ने बताए ।
यसका साथै आमजनसमुदायले शमीम अंसारीको आडमा समुदायलाई बदनाम नगर्न आग्रह समेत उनले गरेका छन् ।
नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य समेत रहेका अबुल हुसैनले आफ्नो कुरा जोड़ दिदै भने शमीम अंसारीको अभियुक्त फरार गराउने कार्यको संलग्नता रहेको कारण शमीम अंसारी माथि नेविसंघले भौतिक कार्यवाही गर्ने समेत चेतावनी दिएका छन् । आयोगमा रहेर पार्टीको हितैसी गर्ने धेरै इच्छा भए पदबाट राजीनामा दिएर प्रत्यक्ष रुपमा नै एमालेको कार्यकर्ता बन्न समेत नेता हुसैनले बताए ।
एमालेको केन्द्रिय सदस्य रहेका शमीम अंसारी पार्टीको सिफारिसमा तत्कालीन ओली सरकारको पालामा मुस्लिम आयोगका अध्यक्ष भएका थिए ।
संवैधानिक आयोगको रुपमा रहेको मुस्लिम आयोगको अध्यक्ष भएपनि अंसारी समय समयमा आफ्नो मर्यादा क्रस गर्ने गरेको घटना बाहिर आउने गरेकोछ । सभार : आदिल टाइम्स ।