Saturday, February 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी क्षेत्र नम्बर–४ बाट सञ्चारमन्त्री कार्कीको एकल नाम सिफारिस

चारवटै निर्वाचन क्षेत्रबाट कांग्रेसले गर्‍यो नाम सिफारिस

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १९, २०७९
in FEATURE, समाचार, स्थानीय समाचार
सुनसरी क्षेत्र नम्बर–४ बाट सञ्चारमन्त्री कार्कीको एकल नाम सिफारिस
65
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि सुनसरीको चारवटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १,२,३ र ४ को कार्यसमितिले प्रतिनिधि सभा र प्रदेश सभा तथा समानुपातितर्फका आकाँक्षी उम्मेदवारहरुको नामावली सर्वसम्मतबाट नेपाली कांग्रेस सुनसरीमा सिफारिस गरेको हो ।

नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुको नामावली समयमै पठाउन निर्देशन गरेपछि सुनसरीको चारवटै निर्वाचन क्षेत्रले सर्वसम्मतबाट नाम सिफारिस गरी नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरीमा पठाएको बुझिएको छ ।

नेपाली कांग्रेस सुनसरीको चारवटै क्षेत्रिय कार्यसमितिले बैठकबाट सर्वसम्मत निर्णय गरेर उम्मेदवारहरुको नाम सिफारिस गरेको नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिका सभापतिहरुले जनाएको छ । सुनसरीमा चारवटा संघीय निर्वाचन क्षेत्र र ८ वटा प्रतिनिधि सभामा आकाँक्षी उम्मेदवारहरुको नामावली संकलन गरेर सर्वसम्मतबाट नाम सिफारिस गरिएको छ ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–१ ले प्रतिनिधि सभा सदस्यका लागि मीन विश्वकर्मा, लक्ष्मी खतिवडा, उमेश थापा,मीना सुब्बा र चन्द्र प्रसाद श्रेष्ठको प्रत्यक्षतर्फ नाम सिफारिस गरेको छ । सुनसरी क्षेत्र नम्बर–१(क) बाट नाम सिफारिस भएकाहरुमध्ये सुजेन्द्र तामाङ्ग र अनिल श्रेष्ठ बलियो उम्मेदवारको रुपमा प्रस्तुत भएको छ । त्यसैगरी सुनसरी क्षेत्र नम्बर–१ (ख) मा माधव घिसिङ्ग र तिलक राई बलियो उम्मेदवार भएकाले दुई मध्ये एक जनाले टिकट पाउने चर्चा छ ।

यसैगरी सुनसरी क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभाका लागि राजीव कोइराला, राजीव ढुंगाना र सीताराम मेहताको नाम सर्वसम्मतबाट सिफारिस गरेको छ । मेहता सुनसरी क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य हुन् भने कोइराला प्रदेश सभा(ख) का प्रदेश सभा सदस्य हुन् ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–२(क) बाट नाम सिफारिस गरेकाहरु मध्ये भीम पौडेल बलियो उम्मेदवार भएकाले टिकट पाउने निश्चित देखिएको छ । पौडेल उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष समेत हुन् । यसैगरी सुनसरी क्षेत्र नम्बर–२(ख) बाट प्रकाश मेहता र लाली प्रसाद मेहताबीच टिकटका लागि प्रतिस्पर्धा हुनेछ ।

यसैगरी नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–३ ले प्रतिनिधि सभा सदस्यका लागि बिजय कुमार गच्छारको एकल नाम सिफारिस गरेको छ । सुनसरी क्षेत्र नम्बर–३(क) मा नाम सिफारिस भएकाहरु मध्येबाट दीपक ढकाल र महेश बास्तोलाबीच टिकटका लागि प्रतिस्पर्धा हुनेछ । यसैगरी सुनसरी क्षेत्र नम्बर–३(ख) मा बीरेन्द्र कुमार शाहको टिकट पाउने सम्भावना बढी देखिएको छ । शाह नेपाली कांग्रेस सुनसरीको सचिव हुन् ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ ले प्रतिनिधि सभा सदस्यका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको नाम सर्वसम्मतबाट सिफारिस गरेको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ को आज बसेको बैठकले प्रतिनिधि सभा सदस्यका लागि सञ्चारमन्त्री कार्कीको एकल नाम सिफारिस गरेर जिल्ला कार्यसमितिमा पठाएको क्षेत्रीय सभापति ऐयुव अन्सारीले जनाएको छ । सञ्चार मन्त्री कार्की सुनसरी क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्य हुन् । २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा कार्की सुनसरी क्षेत्र नम्बर–४ बाट पाँच हजार भन्दा बढी मतले निर्वाचित भएका थिए ।

नेपाली कांग्रेस क्षेत्र नम्बर–४(क) नाम सिफारिस भएकाहरुमध्ये रेवति रमण दुलाल, उपेन्द्र कटुवाल, मनोज साह, सदानन्द मण्डलबीच टिकटका लागि प्रतिस्पर्धा हुनेछ । त्यसैगरी सुनसरी क्षेत्र नम्बर–४(ख) मा इसराईल मंसुरी बलियो उम्मेदवारका रुपमा देखा परेका छन् भने सूर्यदेव दास उराँव, हरिलाल मेहता र शत्रुघन यादव पनि टिकट पाउनेमा बिश्वस्त रहेका छन् ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ ले संघीय प्रतिनिधि सभाका लागि समानुपतिकमा नौ जनाको नाम सिफारिस गरेको छ । समानुपातितर्फ डा.अबुल हुसैन अन्सारी, जमिल अन्सारी, राधिका कटुवाल, इरफान मियाँ, चनरदेव मेहता, मो.अल्लाउद्धिन हुसैन, डिल्ली कार्की, मीरा पोखरेल र टिका बहादुर कटुवाल रहेका छन् ।

नेपाली कांग्रेस सुनसरीमा क्षेत्र कार्यसमितिले सिफारिस गरेर पठाएको नामावलीहरुलाई पार्टीको पदीय हैसियत र मर्यादा क्रम अनुसार मिलाएर प्रदेश–१ कार्यसमितिले जस्ताको त्यस्तै पठाउने तयारी गरेको नेपाली कांग्रेस सुनसरीका सचिव वीरेन्द्र शाहले जानकारी दिएका छन् । शाहका अनुसार ८ वटै प्रदेश सभामा ७ जना भन्दा बढी र समानुपातिकमा ११ जना भन्दा बढीको नाम सिफारिस भएर आएको छ ।

Share26Tweet16SendScan
Previous Post

मुस्लिम आयोगका अध्यक्ष अन्सारीलाई भौतिक कार्वाही गर्ने चेतावनी : अबुल हुसेन

Next Post

सुनसरी–४ (ख) बाट मंसुरीको उम्मेदवारी दर्ता

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
सुनसरी–४ (ख) बाट मंसुरीको उम्मेदवारी दर्ता

सुनसरी–४ (ख) बाट मंसुरीको उम्मेदवारी दर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, फाल्गुन २, २०८२
Sat, February 14, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In