इनरुवा । सञ्चार तथा सूचना एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेकपा एमालेले भुठा सपना बाड्ने गरेको बताउनुभएको छ ।
सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिका वडा नम्बर–७ घुस्कीमा आयोजित नेपाली कांग्रेस पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै मन्त्री कार्कीले नेकपा एमालेले झुठा सपना देखाएर जनतालाई भुलाउने गरेकोले मुलुकको हित र विकासमा कहिल्यै ध्यान नदिएको बताउनुभएको हो ।
नेकपा एमाले पार्टीले झुठा सपना बाढ्ने बाहेक केही काम नगरेको र जनतालाई अन्योलमा पारेको मन्त्री कार्कीले बताउनुभयो । सो अवसरमा मन्त्री कार्कीले नेपाली कांग्रेस सपना बाड्न होइन, सपना पूरा गर्नेतर्फ सदैव केन्द्रित रहेको बताउनुभयो ।
विकास बिनाको राजनीति एउटा खोक्रो नारा मात्रै भएकोले नेपाली कांग्रेसले जे बोल्छ, त्यो पूरा गर्छ तर नेकपा एमालेले जे बोल्छ, त्यो पूरा गर्दैन्, जे गर्छ त्यो बोल्दैन– उहाँले भन्नुभयो ।
नेकपा एमालेले मुलुकमा दुई पटक प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्र र प्रजातन्त्रलाई सखाप पार्ने तथा अधिनायकवादी शासन व्यवस्था स्थापित गर्न खाजेकाले नेपाली जनताले अधिनायकवाद शासन व्यवस्था स्विकार नगर्ने समेत उहाँले बताउनुभयो ।
नेकपा एमाले भ्रमको खेती गरिरहेकोले सर्तक र सजग रहन पनि मन्त्री कार्कीले आग्रह गर्नुभयो । नेपाली कांग्रेस सबै जातजाती, भाषाभाषीको साझा पार्टी भएकाले नेपाली जनताको हितका लागि हरेक समयमा जनताको पक्षमा उभिएको उहाँले बताउनुभयो ।
मुलुकको विकास, संविधान, लोकतन्त्रको रक्षा र जनताको सुरक्षाको प्रत्याभूति गर्ने पार्टी नेपाली कांग्रेस भएकोले आगामी मंसिर ४ गते हुने निर्वाचनमा लोकतान्त्रि बाम गठबन्धनका साझा उम्मेदवारहरुलाई निर्वाचित गराउन आवश्यक रहेको समेत मन्त्री कार्कीको भनाई छ ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका मन्त्री कार्कीले मुलुकमा गठवन्धन आवश्यकता महसुस गरेर लोकतान्त्रिक बाम गठबन्धनबाट साझा उम्मेदवार भएकाले यस पटकको निर्वाचनमा आपूm १५
हजार बढी मतान्तरले निर्वाचित हुने दावी गर्नुभयो ।
मन्त्री कार्कीले पुलचौकदेखी बिराटनगर जाने हुलाकीमार्ग आपूmले बजेट बिनियोजन गरेर बनाएको दावी गर्नुभएको छ । हुलाकी राजमार्ग नेकपा एमालेले बनाएको भ्रामक प्रचार र झुठा सपनाप्रति सचेत रहन समेत मन्त्री कार्कीले अनुरोध गर्नुभयो ।
हरिनगर घुस्कीको अर्नामा १४ करोडको पुल निर्माणका लागि टेण्डर प्रक्रिया पूरा गरेकोले केही महिनाभित्र काम सम्पन्न हुने समेत उहाँले जानकारी दिनुभयो । यसैगरि हरिनगर गाउँपालिकाको रामनगर भुटाहामा पाँच करोडको शीत भण्डार स्थापना गर्न लागेको र हरिनगरमा रहेको विद्यालय र मदर्साहरुलाई आइटीसँग जोडेर स्मार्ट विद्यालयको परिकल्पनालाई पूरा गर्न लागेको समेत मन्त्री कार्कीको भनाई छ ।
उक्त पार्टी प्रवेश कार्यक्रममा हजारौंको जनसहभागिता रहेको थियो भने नेकपा एमाले र जनता समाजवादी पार्टी परित्याग गरि दुई सय ५० जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई मन्त्री कार्कीले अविर र खदा लगाएर स्वागत गर्नुभएको थियो ।