Sunday, April 12, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी–४ मा एमाले पार्टी छोड्ने लहर चल्यो

एमालेका उम्मेदवार जगदिश कुसियैत र अब्बास अन्सारीलाई निर्वाचन जित्न चुनौती

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक २०, २०७९
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरी–४ मा एमाले पार्टी छोड्ने लहर चल्यो
62
SHARES
Share on FacebookShare on Twitter

प्रमोद यादव
इनरुवा । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । निर्वाचनको मुखमै आएर अहिले सुनसरी निर्वाचन क्षेत्र न.ं ४ मा नेकपा एमालेका नेता कार्यकर्ताहरुले पार्टी छाड्न थालेपछी नेकपा एमालेका उम्मेदवार संकटमा पर्न थालेको चर्चा सूरु भएको छ ।
निर्वाचनको मुखमा सुनसरी–४ मा नेकपा एमालेका नेता कार्यकर्ताहरुले सामुहिक रुपमा पार्टी छोड्न थालेपछी अहिले नेकपा एमाले सुनसरी–४ का प्रतिनिभिसभा सदस्य पदका उम्मेदवार जगदिश प्रसाद कुसियैत र प्रदेशसभा सुनसरी–४ (ख) का उम्मेदवार हाजी अब्बास अन्सारीलाई निर्वाचन जित्न निकै संकटको सामना गर्नुपर्ने जानकारहरु बताउँछन् ।

सुनसरी क्षेत्र नम्बर–४ मा नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार जगदिश प्रसाद कुसियैत र प्रदेश सभा सुनसरी–४ (ख) का उम्मेदवार हाजी अब्बास अन्सारीले चुनावी अभियान सूरु गरेसँगै सो क्षेत्रमा नेकपा एमालेका नेता कार्यकर्ताहरुमा एमाले पार्टी परित्याग गर्ने होडबाजी नै चलिरहेको छ । चुनावको मुखमा पार्टी परिवर्तन गर्ने सो क्षेत्रका एमालेका नेता कार्यकर्ताहरुले सिद्धान्त वा विचारको राजनीति त्यागेर अवसरको खोजी गरिरहेको देखिन्छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाली काँग्रेसका सुनसरी क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्की सो क्षेत्रमा नेता कार्यकर्ता सहित चुनावी प्रचारका लागि गाउँगाउँ पुगिरहेका छन् । चुनावी प्रचारका लागि सो क्षेत्रका गाउँगाउँ पुग्दा काँग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्की जनताको साथ र सर्मथन बढ्दै गएको छ भने सुनसरी क्षेत्र नम्बर–४ का नेकपा एमालेका नेता कार्यकर्ताहरुले एमाले पार्टी धमाधम छाड्न थालेका छन् ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका नेकपा एमालेका ईञ्चार्ज तथा जिल्ला सदस्य रमेश कुमार यादव सहित दर्जनौ एमाले नेता कार्यकर्ता आईतबार एमाले पार्टी छोड्दै नेपाली काँग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीलाई समर्थन गर्दै नेपाली काँग्रेसमा प्रवेश गरे ।
त्यसैगरी केही दिन अगाडी सम्म एमालेका सुनसरी क्षेत्र नम्बर–४ (ख) उम्मेदवार हाजी अब्बास अन्सारीको चुनावी प्रचार प्रसार अभियान कार्यक्रममा सँगै देखीएका हरिनगर गाउँपालिकाका एमालेका युवा नेता अन्सार अन्सारीले पनि पार्टी फेरेका छन् ।

अन्सारीले एमाले पार्टी परित्याग गरेका छन् । चुनावको मुखमा एमाले छोड्दै उनि सहित दर्जनौ काँग्रेसमा प्रवेश गरेका हुन् । एमाले छाडेर कांग्रेस प्रवेश गर्दै एमाले भोक्राहा नरसिंहका ईञ्चार्ज रमेश कुमार यादवले राजनीतिज्ञमा हुनुपर्ने गुण कांग्रेसका नेताहरुमा मात्रै भएकाले पार्टी परिवर्तन गरेको बताए । निर्वाचन नजिकिएसँगै सुनसरी क्षेत्र नम्बर–४ एमाले पार्टीमा बर्षोदेखी लागेका नेता÷कार्यकर्ताहरु एमाले पार्टी छाड्दै बिभिन्न दलमा प्रवेश गर्न थालेका हुन् ।

सुनसरी क्षेत्र नम्बर–४ मा नेपाली काँग्रेसका उम्मेदवार तथा नेपाल सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री कार्कीले पार्टी प्रवेशको अभियान चलाइरहेको छ । त्यसका लागि काँग्रेस केन्द्रिय सदस्य समेत रहेका उम्मेदवार कार्की आफै निर्वाचन क्षेत्र दौडाहमा छन् । काँग्रेसले ठूलै तामझाम गरेर नेकपा एमालेका भोक्राहा नरसिंह ईञ्चार्ज रमेश कुमार यादवलाई नेकपा एमाले पार्टीबाट आफ्नो दलमा भित्राएको छ ।

एमाले छोड्दै काँग्रेस प्रवेश गरेका एमाले ईञ्चार्ज यादवले आफू काँग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीको व्यक्तित्वबाट पहिले देखि नै प्रभावित रहेको बताए । एमालेमा अहिले पनि पक्षपातीकै राजनीति भईरहकाले पक्षपातीको राजनीति गर्ने पार्टी कहिले पनि राष्ट्रिय पार्टी हुन नसक्ने उनको भनाई छ ।

नेकपा एमाले सुनसरी क्षेत्र न.ं ४ को पार्टीभित्रको असन्तुष्टीको प्रभाव तथा लगातार एउटै व्यक्ति र उनको परिवारले मात्रै अवसर पाउने गरेको भन्दै सो क्षेत्रका एमाले नेता कार्यकर्ताहरु अहिले पार्टी फेर्न थालेका हुन् । यसअघि सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर–७ घुस्की बिक्रमपुरमा दुईसय ५० जना नेकपा एमाले र जनता समाजवादी पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । सो कार्यक्रममा पनि मन्त्री कार्कीले कांग्रेस प्रवेश गरेकाहरुलाई अविर र खदा लागएर स्वागत सम्मान गरेका थिए ।

Share25Tweet16SendScan
Previous Post

कोइरालाको विकल्प छैन् : देवानगंजबासी

Next Post

मन्त्री कार्कीको पहलमा रातो कितावमा पर्यो सुनसरी खोलाको बाँध

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
मन्त्री कार्कीको पहलमा रातो कितावमा पर्यो सुनसरी खोलाको बाँध

मन्त्री कार्कीको पहलमा रातो कितावमा पर्यो सुनसरी खोलाको बाँध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In