नसिम अन्सारी
इनरुवा । निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावी सरगर्मि बढ्दै गइरहेको छ । अहिले उम्मेदवारहरु गाउँघरमा घरदैलोकेन्द्रित हुन थालेका छन् । गाउँदेखी वडासम्म उम्मेदवारहरु आ–आफनो पक्षमा मत माग्न व्यस्त बनेका छन् । यस्तै सुनसरी–४(ख) का उम्मेदवार हाजी इसराइल मंसुरी पनि जनताको घरदैलोमा व्यस्त बनेका हुन् ।
गाउँ–गाउँमा मंसुरी मत माग्न पुग्दा मतदाताहरुमा बेग्लै उत्साह र होसला देखिएपछि उनको अनुहार हसिलो बनेको छ । बिहीवार मंसुरी हरिनगर गाउँपालिका–१ रामनगर भुटाहामा घरदैलो गर्ने क्रममा मतदाताहरुले उनलाई स्वगत गर्दै जितको अग्रिम शुभकामना समेत दिनथालेपछि निर्वाचन क्षेत्रमा उनको व्यापक चर्चा चलिरहेको छ । सरल स्वभाव भएका मंसुरीलाई नेपाली कांग्रेसले उम्मेदवारका रुपमा चुनावी मैदानमा आएपछि झन उनको पक्षमा मतदाताको लहर बढ्दै गएको छ ।
सुनसरी–४(ख)का उम्मेदवार मंसुरीले जनताको सेवकका रुपमा सेवा गर्न मौका प्रदान गर्न मतदाताहरुलाई आग्र्र्रह गरेका छन् । जनताको चाहनालाई विकासका मार्फतबाट पुरा गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गर्दै चुनावी अभियानलाई तीब्र गतिमा सफल पार्न सबैमा अपील समेत गरेका छन् ।
उनका अनुसार जुन गाउँ र वडामा प्रवेश गर्छु, त्यो गाउँका मतदाताहरुको आश्वासन र आर्शिवादले जितको नजिक पुगेको आभास हुन्छ । त्यसैले मेरो कसैसँग प्रतिस्पर्धा छैन् । मेरो जित निश्चित छ, त्यसैले नआत्तिकन म चुनावी मैदानमा मतदाताहरुसँग मत माग्नका लागि सबैको घर–घरमा पुगेको छु ।
सुनसरी क्षेत्र नं ४ प्रदेश (ख) का उम्मेदवार मंसुरीले रुख छापामा मतदान गर्ने विश्वासका साथ जनतामाझ हात जोडेर आप्mनो पक्षमा मत माग्दै हिडिरहेका छन् । उम्मेदवार मंसुरीले आफू निरन्तर जनताको घरदैलो कार्यक्रममा व्यस्त रहेको र मतदातालाई भेट्न घरदैलो कार्यक्रम मार्फत आफू यस पटक प्रदेशसभाको चुनाव लडेकाले मतदातालाई नयाँ योजना सुनाउन र मतदाताको समेत सुझाव लिन घरदैलो अभियानलाई सार्थक बनाउन लागि परेका बताए ।
चुनावी सभा, सम्मेलन गर्ने भन्दा पनि मतदातालाई व्यक्तिगत रूपमा भेटेर मत माग्ने गरेको र प्रत्येक मतदाताको घरमा पुगेर भेटघाट गरेकोले जित हुनेमा आशावादी रहेको उनले बताए । औपचारिक कार्यक्रम अझैँ सुरु भइनसकेकाले अहिले आफूले मतदाता तथा समाजका अगुवा व्यक्तिलाई भेटेर आफ्नो विचार तथा एजेण्डा राख्दै मतदाताको मन जित्न सफल हुँदै आएको उनको भनाई छ ।