इनरुवा । प्रदेश एकका दुई दर्जन बढी कलाकारलाई सम्मानित गरिएको छ । नेपाली कांग्रेस इनरुवा–३ को वडा समितिले आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रममा प्रदेश एकका दुई दर्जन बढी कलाकारलाई सम्मानित गरिएको हो । लामो समयदेखी कला,संगित क्षेत्रमा आवद्ध रहि समाजलाई आमूल्य परिवर्तन गर्ने सम्वाहकका रुपमा भूमिका निर्वाह गर्दै आएकाले सम्मान स्वरुप उनीहरुलाई एक कार्यक्रमका बीच सम्मानित गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रदेश एकका दुई दर्जन बढी कलाकारलाई सम्मान पत्र सहित खदा लगाएर सम्मान गर्नुभएको हो । सो सम्मान कार्यक्रममा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले मन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री कार्कीले कला, संस्कृत र सम्पदालाई संरक्षण गर्न दायित्व राज्य भएको बताएका छन् । प्रदेश एकका कलाकारहरुको पेशागत सुरक्षालाई राज्यले ग्यारेन्टी गर्ने र चलचित्र पयर्टन क्षेत्रको विकासमा समेत सरकारले ध्यान दिने उनले बताए । महासंघले उठाएका मागहरु जायज रहेकोले यसलाई गम्भिरतापूर्वक लिएको मन्त्री कार्कीको भनाई छ । प्रदेश १ मा फिल्मसिटिको निर्माणका लागि आपूm पहलकदमी भूमिका निर्वाह गर्दै आएको उनले बताए ।
महासंघका कलाकारहरुले गित संगितको प्रस्तुति गर्दै आयोजना भएको कार्यक्रममा गंगा गौतम आचार्य, प्रवलदिप बिश्वास, झोटन मेहता, प्रकाश अनुरागले आफ्नो प्रस्तुती दिएका थिए । नेपाली कांग्रेस इनरुवा–३ का वडा सभापति सुनौज निरौलाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।