इनरुवा । सुनसरी क्षेत्र नम्बर–२ का उम्मेदवार सिताराम मेहता र २(ख)का उम्मेदवार राजीव कोइरालाको घरदैलो कार्यक्रममा सुनसरीको दक्षिणीभेगका मतदाताहरु उत्साहित बनेका छन् ।
आसन्न निर्वाचनको मिति नजिकिँदै जाँदा मतदाताहरुले जोश जागरका साथ चुनावी अभियानलाई सक्रियताका साथ अगाडी बढाएका छन् । सुनसरीको देवानगंज गाउँपालिका–५ साहेवगंजमा मेहता र कोइरालाले मतदाताहरुको घरदैलोमा मत माग्न पुग्दा उनीहरु उत्साहित भएर पुरानै उम्मेदवारहरुलाई मत दिने पक्षमा रहेका छन् ।
२०७४ सालको निर्वाचनमा सुनसरी–२ बाट प्रतिनिधिसभा सदस्यमा मेहता र २(ख) मा प्रदेशसभा सदस्यमा कोइराला निर्वाचित भएका थिए । पाँच वर्षमा गरेका विकास गतिविधिहरु देखेर मतदाताहरु उत्साहित भएपछि अहिले दक्षिणीभेग नेपाली कांग्रेसको गढको रुपमा चिनिएका छन् ।
मतदाताहरुले जातको अधारमा मत नदिने बताउँछन् । काम गर्ने नेतालाई चुन्ने मतदाताहरु बताउँदै आएका छन् । त्यसैले सुनसरीको दक्षिणीभेगमा जातको आधारमा मत नदिने भएपछि अन्य पार्टीबाट उम्मेदवार बनेकाहरुलाई ठूलो झटका लागेको छ ।
मेहता र कोइरालाले पाँच वर्षमा धेरै योजनाहरु ल्याएर विकासका खाका कोरेका छन् भने जनताको विश्वास समेत जित्न सफल भएका छन् । चुनावी अभियानलाई सार्थक बनाउनका लागि संघ र प्रदेशका उम्मेदवार एकसाथ जनताको घरदैलोमा पुग्ने गरेपछि मतदाताहरुले मेहता र कोइरालालाई एक पटक पुनः निर्वाचित गराउने भएका छन् ।
बाहिर हल्ला फैलाएको जस्तो सुनसरीको दक्षिणीभेगमा नरहेको नेपाली कांग्रेसबाट उम्मेदवार बनेका मेहता र कोइरालाले घरदैलोमा एकसाथ मत माग्न पुगेपछि जनताको उत्साहले उनीहरु पनि चकित भएका छन् ।
देवानगंज गाउँपालिकामा मेहता, यादव र मुस्लिम समुदाय लगायतका बसोवास रहेको क्षेत्रमा मेहता समुदायले जातको अधारमा नभई विकासको अधारमा मत खसाल्ने भएका छन् । मेहता र कोइरालको पक्षमा मतदाताहरुले अन्तरघात नगरी एक पटक मतदान गरि पुनः निर्वाचित गर्ने त्यहाँका मतदाताहरुको भनाई छ ।