सुकदेब चौधरी । इनरुवा
इनरुवा। रामधुनी नगरपालिका ९ पिप्रा खेल मैदानमा जिल्लामा हुने विपत भूकम्प र आगलागि जस्ता घटनाबाट बच्नका लागि सनिबार कृतिम घटना अभ्यास गरिएको छ ।
जिल्ला विपत व्यवस्थापन समिति सुनसरीको आयोजना रामधुनी र दुहबी नगरपालिका तथा गढि गाउँपालिकाको समन्वयमा कृषित घटना अभ्यास कार्यक्रम सम्पन्न गरिएको हो ।
जिल्लाका विभिन्न स्थानमा सुखा मौसम जाडोको बेला बालिने आगो (घुरको) कारण भई रहेको आगलागी र त्यस पछि हुने विपतको असर प्रभाव तथा राहत र उद्यारको प्रकृया बारेमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले कृतिम घटना अभ्यास गरिएको जनाइएको छ ।
जिल्ला विपत व्यवस्थापन समितिले एक दिवसीय कृतिम घटना अभ्यास कार्यक्रममा केहि घर निर्माण गरी भूकम्प र केहि फुसको घर बनाएर विद्युत सर्ट भएर भएको आगलागिको घटना गराएर त्यसको असर, घाइतेको उद्दार, उपचार र मृतक खोज तथा शव संकलन लगाउतको अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले जानकारी दिनु भयो ।
प्रजिअ यादवका अनुसार विपतका घटना पछि हुने मानविय भौतिक क्षति तथा हाताहात उद्दार र राहतका लागि सरोकारवालाहरुको भूमिका निर्वाह गरेको सवालको बारेमा समेत अभ्यास गरिएको जनाकारी दिनुभयो ।
त्यसैगरी नेपाली सेना र सशस्त्र प्रहरीले विपतको बेला गरिने उद्दार तथा पहल प्रयास र तयारीको बारेमा सरोकारवालाहरुलाई स्टल राखेरै जानकारी गराएको थियो ।
कार्यक्रममा गरिएको कृतिम आगलागीको घटनामा आधा दर्जन घरहरुमा क्षति पुगेको थियो भने त्यस घटनामा दुई जनाको हाताहाती र केहि घाइते समेत भएको अवस्थालाई चित्रण गर्दै घटना स्थलबाट तत्काल उद्दार गर्ने र थप क्षति हुन नदिनका लागि दुहबी र रामधुनी नगरपालिकाको बारुण यन्त्र समेत परिचालन गरिएको थियो ।
सो कृतिम अभ्यासमा सरोकारवालाहरु आ–आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए भने नेपाल रेडक्रस सोसाइटी र जिल्ला विपत व्यवस्थापन समितिले राहत वितरण गरेको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको राहत प्याकेज संगै प्राथमिक उपचार सहित थप उपचारका लागि अस्पताल पठाउने अभ्यास गरेको थियो भने नेपाल प्रहरी र नेपाल सेनाले आफशनो जिम्मेवारी निर्वाह गरेको थियो ।
उक्त कृतिम अभ्यास कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंङ माझी र ओम प्रसाद भट्टराई, रामधुनी नगर प्रमुख शंकरलाल चौधरी उपप्रमुख तारा थापा, दुहबी नगरप्रमुख वेद नारायण गच्छदार उपप्रमुख मनुका खतिवडा पोखरेल, गढि गापाको उपाध्यक्ष अनिता कुमारी साह, कृष्ण दलगण इटहरीका प्रमुख अमित लामा, सशस्त्र प्रहरी उपरिक्षक बिक्रम हुमागाई, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक प्रभु प्रसाद ढकाल, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र साह, गैसस सुनसरी अध्यक्ष मेघराज न्यौपाने, सेभ द अर्थ का अध्यक्ष पुष्प भट्टराई सहितको उपस्थिती रहेको थियो ।