सुनसरी । उद्योग वाणिज्य संघ इनरुवामा त्रिपक्षीय भीडन्त हुने भएको छ । भोली हुने निर्वाचनमा त्रिपक्षीय भीडन्त हुने देखिएपछि मतदाताहरु पुरानै नेतृत्वलाई स्वीकार गर्ने मनसायमा देखिएका छन् ।
उवासंघ इनरुवाको नयाँ नेतृत्व चयनका लागि भोली हुने निर्वाचनमा तीनवटा प्यानलका उम्मेदवारहरु मतदाताहरुको घरदैलोमा पुगी रिजाउने काममा व्यस्त बनेपछि अहिले उवासंघको निर्वाचन रोचक बनेको छ ।
उवासंघ इनरुवाको अध्यक्ष पदमा वीरेन्द्र शाह, केदार ओझा र पहलबहादुर कटुवालले छुट्टाछुट्टै प्यानल बनाएर भोलीको निर्वाचनका लागि मतदाताहरुलाई आफनो पक्षमा मतदान गर्ने माहोल सिर्जना गर्न लागि परेका छन् । तीन वटा प्यानल बनेपनि वर्तमान अध्यक्ष शाहको प्यानल बलियो भएकाले जीत सुनिश्चित हुने एक मतदाताले जानकारी दिएका छन् ।
उवासंघ इनरुवाको वर्तमान अध्यक्ष शाह पुनः अध्यक्ष पदमा उम्मेदवारका रुपमा उभिएका छन् । शाह नेपाली कांग्रेस सुनसरीका सचिव समेत हुन् । उवासंघ इनरुवाका अध्यक्ष शाहले आफनो कार्यकालमा धेरै कामहरु पूरा गरेको र केही कामहरु अधुरा रहेकाले अध्यक्ष पदमा पुनः उम्मेदावारी दिएकोले मतदाताहरुलाई आफनो नेतृत्वको प्यानललाई मतदान गरी बिजयी बनाउन आग्रह गरेका छन् ।
अर्का अध्यक्ष पदका उम्मेदवार समाजसेवी केदार ओझा नेपाली कांग्रेसका नेता हुन् । उवासंघ इनरुवाको अध्यक्ष पदमा उम्मेदवारी दिएपनि मतदाताहरु माझ लोकप्रिय नभएको एक मतदाताको भनाई छ । गत निर्वाचनमा ओझा पराजित भएपछि व्यापारीको हकहित र अधिकारका बारेमा केही नगरेकाले उनको प्यानल पराजित हुनेमा कुनै शंका नरहेको समेत एक मतदाताको बुझाई छ ।
त्यसैगरी हार्डवेयर व्यवसायी पहलबहादुर कटुवालले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएर प्यानल सहित मतदाताहरुसँग मत माग्न व्यस्त बनेका छन् ।
यता केदार ओझा र पहलबहादुर कटुवालबीच प्यानल मर्च गर्ने सहमति जुटिरहेको समाचार श्रोतले जानकारी दिएको छ । यदि दुईजनाको प्यानल मर्च भए शाहको प्यानल कमजोर हुने उनीहरुको बुझाई छ ।
अध्यक्ष शाहले उवासंघको पदभार ग्रहण गरिसकेपछि आफनो कार्यकाल सकुशल पूरा गरेका छन् । शाहले उवासंघ अन्र्तगत बस्तुगत संघहरुको निर्माणदेखी गरेका गतिविधिहरुलाई तीन÷तीन महिनामा बुलेटिन पत्रिका मार्फत व्यापारीहरुलाई जानकारी गराउँदै आएका थिए ।
इनरुवा नगरपालिकाभित्र नयाँ नेतृत्वमा आएका व्यक्तिहरुलाई उवासंघको कार्यालयमा स्वागत र सम्मान गर्ने परिपार्टी बसाएको नयाँ सोच भएका अध्यक्ष शाहले व्यापारीहरुको हकहित र अधिकारका लागि आवाज बिहिनको बुलन्द आवाजको रुपमा बोल्ने र गर्ने व्यक्तिका रुपमा स्थापित भएकाले पुनः अध्यक्ष पदमा उम्मेदवार बनेकाले सबैको साथ र समर्थन सहित भोलीको निर्वाचनमा मतदान गर्न मतदाताहरुलाई उनले अपिल गरेका छन् ।