इनरुवा । नेपाली कांग्रेस सुनसरीका उपसभापति पंकज कुमार महतोलाई जिल्ला प्रशिक्षण शाखा सुनसरी प्रमुखको जिम्मेवारी दिएको छ ।
नेपाली कांग्रेसको विधान २०१७ संशोधन र परिमार्जित २०७५ काृ धारा ३६ नेपाली कांग्रेसको नियमावली २०७६ को परिच्छेद १२ नियम ३३(३)(क) बमोजिम महतोलाई जिल्ला प्रशिक्षण शाखा सुनसरी प्रमुखको जिम्मेवारी दिएको हो ।
नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीद्वारा हस्ताक्षरित मनोनयन पत्रमा भनिएको छ,‘तपाईले नेपाली कांग्रेसको आदर्श,सिद्धान्त, मूल्य, मान्यता तथा विधान, नीति र निर्णयको अधीनमारही आफ्नो कार्य सम्पादन गर्नु हुनेछ । तपाईको अनुभव योग्यता र क्षमता नेपाली कांग्रेसको हितका लागि उपयोगी हुनेछ भन्ने विश्वासका साथ प्रशिक्षण शाखाको प्रमुखमा मनोनयन हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’
नेपाली कांग्रेस सुनसरीका उपसभापति तथा जिल्ला प्रशिक्षण शाखा सुनसरीका प्रमुख महतोले सुनसरीका बिभिन्न स्थानिय तहका नेता तथा कार्यकर्ताहरुलाई समय–समयमा पार्टीको प्रशिक्षण दिने बताएका छन् ।
पार्टीको विधान अनुसार नेता तथा कार्यकर्ताहरुलाई पार्टीका बारेमा जानकारी गराउने र पार्टी संगठनलाई बलियो बनाउनका लागि दिन रात एक गरी काम गर्ने उनले प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
सुनसरीमा नेपाली कांग्रेसलाई चलायमान बनाउनका लागि आपूm अहोरात्र खट्दै आएको र आगामी दिनमा पनि खटने र प्रशिक्षण कार्यक्रम माफर्त कांग्रेसमा आवद्ध गराउने लगायतका नयाँ ढंगबाट कामलाई आगाडी बढाउने सुनसरी कांग्रेसका उपसभापति समेत रहेका जिल्ला प्रशिक्षण शाखा सुनसरीका प्रमुख महतोले जानकारी दिए ।
मनोनयन पत्र जस्ताको त्यस्तै ।