इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ प्रदेश (ख) बाट निर्वाचित भएका हाजी डा. इस्राईल मंसुरीले काेशी प्रदेश सरकारमा मन्त्री बन्ने चर्चा छ।
सुनसरीमा ४ वटा निर्वाचन क्षेत्र रहेको मध्ये सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसकाे प्यानल नै विजय भएकाे थियो ।
काङ्ग्रेसले सुनसरीमा एक वटा निर्वाचन क्षेत्रमा किल्ला गाड्न सफल भएपछि अहिले कोशी प्रदेश सरकारमा सुनसरीबाट एक जना मन्त्री बनाउन नेताहरुले दबाब सिर्जना गरेको पाइएको छ ।
प्रदेश सभा सदस्य मन्सुरीको चौतर्फी दबाब आउन थालेपछि सुनसरीबाट एक जनालाई मन्त्री बनाउने केन्द्रिय नेताहरुको आश्वासनपछि अहिले मन्सुरीको नाम चर्चा हुन थालेको हो ।
सुनसरी क्षेत्र नम्बर ४ मा संघिय सांसदमा ज्ञानेन्द्र बाहादुर कार्की, सुनसरी क्षेत्र ४ प्रदेश (क) बाट सदान्नद मण्डल र सुनसरी क्षेत्र ४ प्रदेश (ख) बाट हाजि डा. इस्राईल मंसुरी निर्वाचित भएको थियो ।
सुनसरीबाट मन्त्री मण्डलमा सहभागी हुने दवाव वढेपछि जिल्ला, प्रदेश र केन्द्र समेतले मंसुरीकाे नाममा समर्थन गरेको स्रोत दावी रहेकाे छ।
त्यस अनुपातमा सुनसरीबाट हाजी डा. इस्राईल मंसुरी प्रदेश सरकारमा मन्त्री हुने सम्भावना प्रवल रहेको छ। तथापि कुन मन्त्रालय दिने विषयमा टुंगो लागेको छैनन्।
आज साढे ४ बजे नेपाली काँग्रेसका काेशी प्रदेशका संसदीय दलका नेता उद्वव थापाले मुख्य मन्त्री बन्नका लागि सत्तारूढ गठबन्धनबाट दावी पेस गर्ने छ।