Sunday, May 31, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ७, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी
51
SHARES
Share on FacebookShare on Twitter

झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले कोशी प्रदेशमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

नेपाली कांग्रेस झापा क्षेत्र नं–२, प्रदेश १ र २ को संयुक्त सम्मेलनलाई बिर्तामोडस्थित नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कार्कीले वर्तमान मुख्यमन्त्रीले विश्वासको मत लिने आधार नदेखिएको बताउँदै संविधानको धारा–१६८ (५) बमोजिम गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दावी गरे ।

‘कोशी प्रदेशलाई मध्यावधीमा लानु संविधानको मर्म र भावना विपरित हुन्छ’–नेता कार्कीले भने –‘अहिले अल्पमतले सरकार बनाएको तर बहुमतले सरकार चलाउन नपाइरहेको अवस्था छ । यो लामो समय रहँदैन।’

कांग्रेस कमजोर भए मुलुकको लोकतन्त्र र राष्ट्रियता कमजोर हुने बताउँदै नेता कार्कीले कार्यकर्ताबीचमा बृहत्तर एकता कायम गर्दै पार्टीलाई मजबुद बनाउन कार्यकर्तालाई आह्वान गरे ।

पर्यटन, जलस्रोत, कृषि र युवा जनशक्ति मुलुकको समृद्धिको आधार भएको बताउँदै नेता कार्कीले युवा जनशक्ति परिचालन गरेर आगामी १० बर्षभित्रमा एसियाकै धनी मुलुक बनाउनुपर्नेमा जोड कार्कीको जोड थियो ।

पूर्व अर्थमन्त्री समेत रहेका नेता कार्कीले नेपालको अर्थतन्त्रले लय फेरिरहेको बताउँदै १० महिनासम्म धान्न सक्ने विदेशी मुद्रा सञ्चिती रहेको दावी गरे । मुलुकमा राजनीतिक परिवर्तन भइसकेको र अब सामाजिक, सांस्कृतिक, आर्थिक समृद्धिका लागि दलहरुको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका नेता कार्कीले मुलुकको रुपान्तरण कांग्रेसकै नेतृत्वमा मात्रै सम्भव हुने दावी गरे ।

जिम्मेवारीका हिसावले जो जहाँ भएपनि पार्टी मजबुद बनाउन प्रत्येक कार्यकर्ताको भूमिका समान हुने बताउँदै नेता कार्कीले पार्टी एकतामा आँच आउने कार्य नगर्न÷नगराउन कार्यकर्तालाई निर्देशन समेत दिए ।

कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका सभापति एवं नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्वव थापाले सरकार स्थायी पद नभएको बताउदै संविधान बमोजिम नै फेरि पनि मुख्यमन्त्री बन्ने अवसर आउने बताउँदै गर्व गर्न कार्यकर्तालाई आव्हान गरे ।
बिचारले काङ्ग्रेस हुनेहरु काहीं नजाने बिश्वास ब्यक्त गर्दै भने – ‘घण्टी नयाँ हुन्जेल बज्छ, पुरानो भएपछि आफै बज्न छोड्छ । मुलुकमा काङ्ग्रेसको बिकल्प छैन ।’

झापामा काङ्ग्रेस कमजोर नभएको तर काङ्ग्रेसले काङ्ग्रेसलाई नै भोट नहाल्दा चुनाब हार्ने गरेको बताउदै नेता थापाले भने –अब अनुशासनको कारबाही केन्द्रबाटै थाल्नुस् ।

‘अनुशासन समितिले तलका कार्यकर्तालाइ कारबाही गर्छ तर अब केन्द्रबाट नै कारबाही थाल्नुपर्छ’– उनले भने ।
कार्यक्रममा बोल्दै संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले काङ्ग्रेस कमजोर नभएको बताउँदै एक्लै चुनाब लडेर आवश्यकताका आधारमा सरकार गठनमा गठबन्धन गर्न सुझाव दिए ।

‘गठबन्धन गरेर अर्को दललाई उम्मेद्वार बनाउदा उक्त क्षेत्रको संगठन कमजोर हुँदोरहेछ’ नेता शिवाकोटीले भने – गठबन्धनको प्रभाव झापामा खासै देखिएन ।

केन्द्रीय बैठकमा बादबिबाद हुनु स्वभाबिक भएपनी बादबिबाद बाहिर आउँदा कार्यकर्ता र जनतामा राम्रो सन्देश नजाने बताउँदै नेता शिवाकोटीले केन्द्र सङ्लिए तलका संगठन आफै सङ्लिने धारणा राखे ।

नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेले झापाका सवै वडा १४ पालिका, ८ वटा प्रदेशसभा क्षेत्र, ४ वटा क्षेत्रको सम्मेलन सकिएको जानकारी दिदै असोज १५ भित्रमा बाँकी रहेका तहगत सम्मेलन सकेर जिल्ला सम्मेलनको तयारी भइरहेको जानकारी दिए ।

कार्यक्रममा क्षेत्रीय सभापति खगेन्द्र मैनाली, प्रदेशसभा क का सभापति लक्ष्मीप्रसाद आचार्य र क्षेत्र ख का सभापति किरण श्रेष्ठले सांगठनिक एवं राजनीतिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

मन्जु ओलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन चन्द्र चुडालले गरेको नेपाली कांग्रेस कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।

Share20Tweet13SendScan
Previous Post

यो गठवन्धन निरन्तररूपमा पाँच वर्ष चल्नुपर्छ : कार्की

Next Post

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In