Sunday, July 26, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ७, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित
75
SHARES
Share on FacebookShare on Twitter

टाेमराज मेहता 

सुनसरी । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघकाे तेस्रो केन्द्रीय महाधिवेशनमा सुनसरीबाट चारजना मुस्लिम नेताहरु सम्मानित भएका छन् ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा नेपाल मुस्लिम संघको तेस्रो महाधिवेशनको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै सुनसरीका चारजना सम्मानित भएको हो ।

सम्मानित हुनेहरुमा नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर-४(ख) का प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरी, हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारी र दुहबीका नेता अब्दुल राइन गरी सुनसरीबाट ४ जनालाई नेपाली काङ्ग्रेस पार्टीका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानित गरेको हो ।

प्रदेशसभा सदस्य मन्सुरीले प्रतिनिधि तथा प्रदेशसभा सदस्य  निर्वाचन २०७९ मा सुनसरी क्षेत्र नम्बर-४(ख) बाट निर्वाचित भएको र कोशी प्रदेशसभामा ज्येष्ठ सदस्यको हैसियतले अध्यक्षताको जिम्मेवारी पाएकोले भुमिका राम्रोसँग निर्वाह गरेको भन्दै दोसल्ला र सम्मान पत्रबाट सम्मानित भएको आयोजकले जनाएको छ ।

नेपाल मुस्लिम संघ कोशी प्रदेशका अध्यक्ष समेत रहेका प्रदेशसभा सदस्य मन्सुरीलाई कोशी प्रदेशको १४ वटै जिल्लामा संगठन विस्तार र सुदृढीकरणमा उत्कृष्ट प्रदेशको रुपमा चिनाउन सफल भएकोमा उनलाई महाधिवेशनमा सम्मानित गरिएको हो ।

त्यसैगरी हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले हरिनगर गाउँपालिकामा दोस्रो पटक निर्वाचित हुन सफल भएकोमा र मुलुकभरीमा हरिनगर गाउँपालिकामा विकास र योजनाका गतिविधिहरु सञ्चालन गरी नमुना विकास गरेको भन्दै नेपाल मुस्लिम संघ उच्च सम्मानका साथ दोसल्ला र सम्मान पत्रले सम्मानित गरेको हो ।

त्यसैगरी कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले पनि स्थानीय तहको निर्वाचनमा दोस्रो पटक निर्वाचित भएको र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारहरुलाई विजयी गराउन सफल भएको भन्दै नेपाल मुस्लिम संघले सम्मानित गरेको हो ।

नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर-४ का क्षेत्रीय सभापति समेत रहेका अन्सारीले सुनसरी क्षेत्र नम्बर-४ मा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्की,प्रदेशसभा (क) मा सदानन्द मण्डल र प्रदेशसभा (ख) हाजी इस्राइल मन्सुरीलाई निर्वाचित गराउन सफल भएको थियाे ।

कुशल नेतृत्वको पहिचान दिन सकेको र सुनसरीमा चारवटा निर्वाचन क्षेत्र मध्ये सुनसरी-४ मा उम्मेदवारहरु निर्वाचित भएको र बाकी रहेको निर्वाचन क्षेत्रमा नेपाली काङ्ग्रेसका उम्मेदवार पराजित भएको हुँदा सुनसरीको इज्जत र गरिमा बढाउन अन्सारीको भुमिका अपरिहार्य रहेको भन्दै सम्मानित गरिएको हो ।

त्यसैगरी दुहबीका अगुवा नेता राइनले प्रजातन्त्र स्थापना गर्न जेलदेखी गोलि खाएको हुँदा र नेपाली काङ्ग्रेस पार्टीमा ठुलो योगदान दिएकोले नेपाल मुस्लिम संघले योगदानको कदर गर्दै सम्मान गरिएको संघले जनाएको छ ।

नेपाल मुस्लिम संघको तेस्रो केन्द्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नेछन् ।

Share30Tweet19SendScan
Previous Post

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

Next Post

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, साउन १०, २०८३
Sun, July 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In