इनरुवा । नेपाल पिछडावर्ग (ओबिसी) महासंघको भोक्राहा नरसिंह गाउँपालिकाले पालिका स्तरको प्रथम बैठक सम्पन्न भएको छ ।
नेपाल पिछडावर्ग (ओबिसी) महासंघ भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष जयप्रकाश ठाकुरको नेतृत्वमा आज पहिलो पालिका स्तरको बैठक सम्पन्न भएको हो ।
बैठकले ओबिसी महासंघ भोक्राहा नरसिंह गाउँपालिकामा तीन जनालाई मनोनीत गरेको छ । मनोनीत हुनेहरुमा रन्जित मेहता, श्यामदेव मेहता र इलियास मन्सुरी रहेका छन् ।
नेपाल पिछडावर्ग (ओबिसी) महासंघ भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष जयप्रकाश ठाकुरले ओबिसीले नयाँ रणनीति र योजना बनाएर पालिका स्तरमा काम गर्ने बताएका छन् ।
सुनसरी अनलाइनसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले ओबिसीमा आवद्ध रहेका जातजातिको हक अधिकारका लागि आवाज बुलन्द पार्ने गरी काम गर्ने र अधिकारबाट बञ्चित रहेकाहरुलाई ओबिसी महासंघले सक्रियताका साथ काम गर्ने गरी गुरु योजना बनाएर अगाडी बढ्ने बताए ।
बैठका प्रमुख अतिथि नेपाल पिछडावर्ग (ओबिसी) महासंघ सुनसरीका अध्यक्ष आलम अन्सारी र विशिष्ट अतिथि भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजाद लगायतको सहभागिता रहेको थियो ।
यस अघि भोक्राहा नरसिंह गाउँपालिकामा सम्पन्न पिछडा वर्गहरुको वृहत भेलाले जयप्रकाश ठाकुरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको थियो ।