भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको इर्दशाह खेल मैदानमा जारी पहिलो वडाध्यक्ष कप प्रतियोगितामा आज चौथो खेल भोक्राहा नरसिंह–१ र ८ नम्बर वडा बीच खेल हुने भएको छ ।
अव्वाम युवा उत्थान केन्द्र भोक्राहा नरसिंह–४ को आयोजना र भोक्राहा नरसिंह–४ नम्बर वडा कार्यालय एवं भोक्राहा नरसिंह गाउँपालिकाको आर्थिक व्यवस्थापनमा बिहिबारबाट सुरु भएको प्रतियोगितामा भोक्राहा नरसिंह–१ र ८ नम्बर वडाको खेल रोमाञ्चक हुने भएकाले दर्शकहरुलाई खेल हेर्न आउनका लागि आयोजकले अनुरोध गरेको छ ।
हिजो भएको खेलमा भोक्राहा नरसिंह–४ नम्बर वडा विजयी भएको छ । प्रतियोगिताको तेस्रो खेल भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ र ३ बीच हुने तय भएकोमा भोक्राहा नरसिंह–३ को टीम नआएपछि वडा नम्बर ४ लाई विजेता घोषणा गरिएको थियो ।
प्रतियोगिताबाट भोक्राहा नरसिंह गाउँपालिकाका आठबटै टिमबाट राम्रो खेल्ने खेलाडीको छनौट गर्ने र पालिका स्तरीयको टिम निर्माण गर्ने, स्थानिय खेलाडीहरुलाई प्रोत्साहन गरी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता संचालन भएको आयोजक संस्थाका अध्यक्ष मोजम्मिल अन्सारीले बताउनुभयो ।
स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ स्थानिय स्तरमा खेलकुदको पहुँच अभिबृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको बिकासमा बिकासमा थप टेवा पुग्ने उद्देश्यले पहिलो वडा अध्यक्ष कपको आयोजना गरिएको अव्वाम युवा उत्थान केन्द्र भोक्राहा नरसिंहका कोषाध्यक्ष फिरोज अन्सारीले जानकारी दिनुभयो ।
पहिलो वडा अध्यक्ष कप प्रतियोगिता कार्तिक ३० गते बिहीवारसम्म हुनेछ भने प्रतियोगितामा ८ वटा टिमको सहभागिता हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार नगद, शिल्ड, मेडल, प्रमाणपत्र र द्धितिय हुनेलाई २० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।