इनरुवा । पहिलो वडा अध्यक्ष कप प्रतियोगिताका उपबिजेता टिम भोक्राहा नरसिंह-४ का युवा खेलाडीहरुलाई सम्मान गरिएको छ ।
अव्वाम युवा उत्थान केन्द्र भोक्राहा नरसिंह-४ ले आज एक कार्यक्रमको आयोजना गरि युवा खेलाडीहरुलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो ।
युवा खेलाडीहरुलाई मनोबल उच्च बनाउनका लागि आयोजक संस्था सदैव सकारात्मक भुमिका निर्वाह गर्ने अध्यक्ष मोजम्मिल अन्सारीले बताए ।
खेलमा हार र जित हुने प्रक्रिया भएकाले प्रतियोगिताका बिजेता टिम भोक्राहा नरसिंह-५ का युवा खेलाडी र उपबिजेता भोक्राहा नरसिंह-४ का युवा खेलाडीहरुलाई अगामी दिनमा थप प्रगतिसहित हार्दिक बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यकाे कामना समेत अध्यक्ष अन्सारीले गरेका छन् ।
प्रतियोगिताले स्थानीय खेलाडीको उत्पादनमा मद्दत पुगेको, खेलाडीलाई प्राेत्साहन गरेको, स्थानीय खेलाडीको पहिचान बनाएको, सबै वडाबाट खेलाडी छनौट गरि पालिका स्तरीय टिम निर्माण गर्ने आयोजक संस्थाका कोषाध्यक्ष फिरोज अन्सारीले जानकारी दिए ।
सम्मान कार्यक्रममा भोक्राहा नरसिंह-४ का वडा अध्यक्ष हारुन अन्सारी, किसान संघका निवर्तमान अध्यक्ष कैयुम अन्सारी,४ नम्बर वडा सदस्य मजरुद अन्सारी, लगायत युवा, नागरिक समाज, बुद्धिजीवी सहभागिता थियो ।
अप्रत्यक्ष, प्रत्यक्ष सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्दै आयोजक संस्थाले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको उपाध्यक्ष आरिफ अन्सारीले जानकारी दिए ।
प्रतियोगितामा भएका कमि कमजोरीहरु सच्याउदै अगामी दिनमा सशत्त भएर सुधार गर्दै अगाडि बढ्ने अव्वाम युवा उत्थान केन्द्रका पदाधिकारीहरुले विश्वास समेत गरेका छन् ।