मोरङ । मोरङको ग्रामथान–५ तेतरीयामा एक दिने निःशुल्क आँखा शिविर हिजो सम्पन्न भएको छ ।
थारु युवा सभा जिल्ला कार्य समिति मोरङको आयोजना र नवदृष्टि आँखाँ अस्पताल इटहरी सुनसरीको प्राविधिक सहयोगमा एक दिने निःशुल्क आखाँ शिविर सम्पन्न भएको हो । शिविरमा १ सय ७५ जनाले सेवा पाएका थिए ।
८१ जना महिला ९४ जना पुरूष ले आँखा चेकजाँच गराएका थिए भने ३८ जनाको मोतिया विन्दु, ४० जनामा चश्मा सम्बन्धी समस्या,मासु पलाएको ७ जना, आखाँ सुख्खाको समस्या ९ जनामा देखा परेको नव दृष्टि आखाँ अस्पताल इटहरीका शिविर संयोजक अर्जुन माझीले जानकारी दिनुभयो ।
४० जनालाई संस्थाको सहयोगमा यसै साता भित्र निःशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ ।
निःशुल्क आँखा शिविरमा औषधी वितरण सँगै ३० प्रतिशत छुटमा चस्मा समेत प्रदान गरीएको संस्थाका अध्यक्ष तुलशी विश्वासले जानकारी दिनुभयो । निःशुल्क आखाँ शिविरको उद्घाटन थारू कल्याण कारीणी सभाका केन्द्रीय पार्षद प्रदिप विश्वास गर्नुभएको थियो ।
शिविरका अथितिहरूमा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद मोरङ सचिव ललित चौधरी, हौलि परिवार मोरङ अध्यक्ष श्रवन सुतिहार लगाएयको उपस्थिती रहेको थियो । संस्थाले समय समयमा रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर लगायतका सामाजिक सेवाका कार्यहरु गदै आईरहेको छ ।