बाबुराम मुडियारी
माेरङ । सहकारी संस्था लिमिटेड ग्रामथान वडा नं २ झोराहाटले ३६ औं साधारणसभाको अवसरमा जेष्ठ नागरिक सम्मान, शेयर सदस्यका छोरा छोरी सम्मान, असल ऋणी सम्मान ,उत्कृष्ट बचत कर्ता सम्मान , पूर्व कर्मचारी सम्मान कार्यक्रम गरी साधारण सभा सम्पन्न गरेको छ।
सो साधारणसभामा सहकारी संस्थाका ५ जना जेष्ठ शेयर सदस्य लाई सम्मान गरेको छ। सेयर सदस्यहरूका छोरा छोरी मध्ये जेहेन्दार ५ जना छोराछोरीलाई सम्मान गरेको छ।
१० जना उत्कृष्ट बचत कर्तालाई सम्मान,५ जना असल ऋणी सम्मान,१ जना पूर्व कर्मचारीलाई सम्मान साधारणसभाको अवसरमा शनिबार गरेको थियो ।
सधारणसभा कार्यक्रमका प्रमुख अथिति कोशी प्रदेश सहकारी संघ अध्यक्ष तथा जिल्ला सहकारी संघ मोरङ अध्यक्ष डिल्ली पोखरेल , विशिष्ट अथितिहरूमा जिल्ला बहुद्देश्यीय सहकारी संघ मोरङ अध्यक्ष हेमा मैनाली , जिल्ला सहकारी संघ मोरङ सचिव राकेश दाहाल , लक्ष्मी नारायण मन्दिर संरक्षण समिति झोराहाट अध्यक्ष कृष्ण हरी धिमिरे लगायतको आथित्यता रहेको थियो।
सो साधारणसभा कार्यक्रममा संचालक समितिको तर्फबाट अध्यक्ष बिजय कुमार माझीले आर्थिक बर्ष २०८०/८१ को कार्यक्रम तथा प्रस्तावित कार्ययोजना प्रस्तुत गरेका थिए ।
लेखा समिति का संयोजक चन्दन कुमार चौधरीले लेखा तथा सुपरिवेक्षण समितिको तर्फ प्रतिवेदन प्रस्तुत गरेका थिए । यस सहकारीमा ७९१ जना सदस्य संख्या रहेको छ। शेयर पूँजी १ करोड २५ लाख ५८ हजार रूपैया रहेको छ भने बचत निक्षेप ११करोड ९९ लाख ३३ हजार ८ सय ३७ पैसा रहेको छ।
सहकारीले ७५ लाख ७१ हजार ४ सय ८९ रूपैया कुल नाफा गरेको छ। दैनिक बचत,शेयर धनी बचत,आवधिक बचत (मुद्धति), १ बर्षे आवधिक बचत,१ बर्ष भन्दा माथिको आवधिक बचत लगायत बचत कार्यक्रमहरू संञ्चालन गरेको छ।
सहकारीको कुल नाफा ७१ लाख ५१ हजार २ सय ९३ रूपैया गरेको छ। सहकारीले संचालक क्षमता अभिवृद्धि तालिम,सहकारी अध्ययन अवलोकण भ्रमण ,अनुगमन तथा मुल्याङ्कन,ॠणको जोखिम न्यूनिकरण र असुली बाहृय ॠण कार्य गर्ने गरेको छ।
सहकारीले धान,गहुँ, मकै लगायत कृषी उपज (कृषी बाली)हरू खरिद बिक्री, खादमल बिक्री लगायत कार्यहरू संञ्चालन गदै आएको छ ।
साधारणसभाको संञ्चालन सहकारी संस्थाका प्रबन्धक आशा माझीले गर्नुभएको थियो भने सहकारी संस्था लिमिटेड झोराहाटका अध्यक्ष बिजय कुमार माझीको सभापतित्वमा साधारणसभा ग्रामथानको झोराहाट सम्पन्न भएको थियो।