बाबुराम मुडियारी
मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं ३ सिध्राहाको वाणी माविको खेलमैदानमा पुस १४ गतेदेखी पुस २५ गतेसम्म भेट्रान फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।
इन्द्रेणी सामुदायिक विकास केन्द्र र ग्रामथान भेट्रान ग्रामथान सिध्राहाको आयाजनामा हुन लागेको भेट्रान फुटबल प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
प्रथम ग्रामथान भेट्रान कप २०८०फुटबल प्रतियोगितामा मोरङ, सुनसरी, लगाएतका भेट्रान फुटबल क्लवहरूको सहभागीता रहने आयोजक संस्था का सचिव सम्पतलाल चौधरीले जानकारी दिनुभयो ।
प्रतियोगितामा विजयी टिमले नगद ५० हजार सहित सिल्ड मेडल र उप विजेताले नगद ३० हजार सहित सिल्ड मेडल प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
भेट्रान कप फुटबल प्रतियोगिताको लागि ग्रामथान गाउँपालिका मोरङले नगद २ लाख ७० हजार आर्थिक सहयोग गर्ने आयोजकहरूले बताएका छन् । प्रतियोगिता संञ्चालनका लागि ५ लाख भन्दा बढी खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगितामा प्रत्येक दिन म्यान अफ द म्याच भएका खेलाडीलाई नगद १५ सयले वितरण गर्ने छ ।
पत्रकार सम्मेलनमा कोशी प्रदेश खेलकुद विकास वोर्ड सदस्य प्रदिप भगत थारू, अनन्तराम चौधरी, ग्रामथान गाउँ पालिका वडा नं ३ वडा अध्यक्ष रमेश चौधरी, ग्रामथान गाउँ पालिका वडा नं ७ वडा अध्यक्ष विरेन्द्रकुमार चौधरी, ग्रामथान गाउँ पालिका वडा नं ३ पूर्व वडा अध्यक्ष ओम नरायण खाँ , समाजसेवि खडग नारायण भगत लगाएतको सहभागिता रहेको थियो ।
मोरङ जिल्लाको सिध्राहा फुटबल खेलाडी उत्पादन हुने गाउँको रूपमा परिचित छ । यस सिध्राहाका स्थानीय राष्ट्रिय फुटबल खेलाडी देव नारायण चौधरी पनि सिध्राहा कै हुन् । सिध्राहाका प्रदिप भगत थारू पनि पूर्व राष्ट्रिय खेल खेलेका खेलाडी पनि हुन् । फुटबल खेलमा सिध्राहामा चन्द्र सूर्य क्लव फुटबल क्लबलेअ आप्mनो पहिचान सहित बिभिन्न जिल्ला तथा क्षेत्रिय खेल प्रतियोगिताहरुमा बिजयी हासिल गर्दै गरेको इतिहास बनेको छ ।