Friday, May 16, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कोशी प्रदेश प्रहरी अस्पताल इनरुवामै राख्नुपर्ने नेताहरुको जोड

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ७, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
कोशी प्रदेश प्रहरी अस्पताल इनरुवामै राख्नुपर्ने नेताहरुको जोड
67
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीलाई इनरुवामै राख्नुपर्ने नेताहरुले जोड दिएका छन् । मोरङको बेलबारीबाट इनरुवा सरेर आएका कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीलाई इनरुवामै राख्नुपर्ने सरोकारवालाहरुले जोड दिएका हुन् ।

नेपाली कांग्रेस सुनसरीद्वारा बिहीवार आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमहरुमा नेताहरुले विकासको क्षेत्रमा पछाडि परेको इनरुवामा आएको प्रहरी अस्पताललाई कुनै पनि हालतमा सार्न नदिनका लागि पहल र प्रयास गरिरहेको बताएका छन् ।

कार्यक्रममा बोल्ने प्राय जसो सबै वक्ताहरुले प्रहरी अस्पताल आउनाले इनरुवाको मुहार फेरिएको र इनरुवा लगायत आसपासका क्षेत्रका बिरामीहरुलाई समेत उपचार गर्न सहज हुने भएकाले अस्पताल इनरुवामै हुनुपर्नेमा जोड दिएका छन् ।

इनरुवा नगरपालिकाका पूर्व नगर प्रमुख राजन मेहताको अथक प्रयासले इनरुवाको बस पार्कमा प्रहरी अस्पताल राख्ने योजना असफल भएपछि मोरङको बेलबारीमा प्रहरी अस्पताल लगिएको थियो ।हाल मेहता जिल्ला समन्वय समिति सुनसरीको प्रमुख छन् ।

मेहताको प्रयासले इनरुवाको जिल्ला समन्वय समिति सुनसरीको प्राङ्गणमा प्रहरी अस्पताललाई ठाउँ उपलब्ध गराएपछि अहिले प्रहरी अस्पतालको सम्पूर्ण तयारी पूरा भइसकेपछि पुस ४ गते बुधवार अस्पताल उद्घाटन गर्ने समय तोकेपनि हुन सकेनन् ।

उता बेलबारीका सरोकारवालाहरुले प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै बेलबारी फर्काउन माग राख्दै ज्ञापन पत्र बुझाएपछि पुस ४ गतेको उद्घाटन हुने कार्यक्रम स्थगित हुन पुगेको जानकारहरुको भनाई छ ।

संविधान सभा सदस्य तथा पूर्व राज्यमन्त्री सीताराम मेहताले कोशी प्रदेश प्रहरी अस्पताल इनरुवामा हुनुपर्नेमा जोड दिनुभयो । इनरुवामा अस्पतालका लागि चाहिने सम्पूर्ण संरचनाहरु उपलब्ध रहेकोले कुनै पनि हालतमा यहाँबाट हटन नदिने र यथावत रहनका लागि आपूmले पहल र प्रयास गरिरहेको बताएका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका केन्द्रिय तथा पूर्व प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले प्रहरी अस्पताल हटाउने कुरा भ्रम रहेको बताउनुभयो । प्रहरी अस्पताल इनरुवामै राख्नका लागि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई पहल गरिदिनका लागि आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजीव ढुंगानाले सधै मोरङको छाँया बनेको सुनसरीलाई अपहेलना गरेको बताएका छन् । मोरङको छाँया बनेको सुनसरी विकास लगायत बिभिन्न क्षेत्रमा पछि परेको अवस्थामा प्रहरी अस्पतालले यस भेगकाबासीलाई उपचार गर्न सहज हुने उनले बताए ।

नेविसंघका पूर्व सभापति समेत रहेका ढुंगानाले मोरङले सधै हस्तक्षेप गर्दै आएको हुदाँ अबदेखि हस्तक्षेप नगरीकन मोरङकाबासीहरुमा सहजीकरण गरिदिन नेता शेखर कोइरालालाई आग्रह गरेका हुन् ।

यस्तै नेपाली कांग्रेसकी केन्द्रिय सदस्य लक्ष्मी खतिवडाले मोरङमा धेरै अस्पतालहरु रहेका हुदाँ प्रहरी अस्पताल इनरुवामा कायम गर्नुपर्नेमा जोड दिएकी थिईन् । मोरङका नेताहरुले यस विषयमा सहजीकरण गर्नुपर्नेमा जोड दिदै प्रहरी अस्पताललाई नहटाउन सम्वन्धित निकायलाई आग्रह गरेकी थिईन् ।

बेलबारीबाट प्रहरी अस्पताल इनरुवामा आएपछि इनरुवा नगरपालिका वडा नम्बर–२ को मुहार फेरिएको छ भने मृत वडाको रुपमा चिनिन थालिएको सो वडामा अहिले चहलपहल बढेको पनि पाइन्छ ।

प्रहरी अस्पताल इनरुवामै रहन्छ कि जान्छ त्यो हेर्न बाँकी नै छ । मोरङ र सुनसरीको राजनीतिक पहुँचले पनि त्यो कुराले पुष्टि गर्छ । प्रहरी अस्पताल इनरुवामा सञ्चालन भयो भने समग्र इनरुवाबासी लगायत यस भेगका जनतालाई फाइदा पुग्ने जनविश्वास रहेको छ ।

 

Share27Tweet17SendScan
Previous Post

भोक्राहा नरसिंह-४ का वडा अध्यक्ष हारुन अन्सारीद्वारा प्रधानमन्त्री प्रचण्डलाई नागरिक अभिनन्दन

Next Post

जय भवानीको बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारण सभा सम्पन्न

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
जय भवानीको बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारण सभा सम्पन्न

जय भवानीको बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारण सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, जेष्ठ २, २०८२
Thu, May 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In