Thursday, April 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कोशी प्रदेश प्रहरी अस्पताल इनरुवामै राख्नुपर्ने नेताहरुको जोड

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ७, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
कोशी प्रदेश प्रहरी अस्पताल इनरुवामै राख्नुपर्ने नेताहरुको जोड
77
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीलाई इनरुवामै राख्नुपर्ने नेताहरुले जोड दिएका छन् । मोरङको बेलबारीबाट इनरुवा सरेर आएका कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीलाई इनरुवामै राख्नुपर्ने सरोकारवालाहरुले जोड दिएका हुन् ।

नेपाली कांग्रेस सुनसरीद्वारा बिहीवार आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमहरुमा नेताहरुले विकासको क्षेत्रमा पछाडि परेको इनरुवामा आएको प्रहरी अस्पताललाई कुनै पनि हालतमा सार्न नदिनका लागि पहल र प्रयास गरिरहेको बताएका छन् ।

कार्यक्रममा बोल्ने प्राय जसो सबै वक्ताहरुले प्रहरी अस्पताल आउनाले इनरुवाको मुहार फेरिएको र इनरुवा लगायत आसपासका क्षेत्रका बिरामीहरुलाई समेत उपचार गर्न सहज हुने भएकाले अस्पताल इनरुवामै हुनुपर्नेमा जोड दिएका छन् ।

इनरुवा नगरपालिकाका पूर्व नगर प्रमुख राजन मेहताको अथक प्रयासले इनरुवाको बस पार्कमा प्रहरी अस्पताल राख्ने योजना असफल भएपछि मोरङको बेलबारीमा प्रहरी अस्पताल लगिएको थियो ।हाल मेहता जिल्ला समन्वय समिति सुनसरीको प्रमुख छन् ।

मेहताको प्रयासले इनरुवाको जिल्ला समन्वय समिति सुनसरीको प्राङ्गणमा प्रहरी अस्पताललाई ठाउँ उपलब्ध गराएपछि अहिले प्रहरी अस्पतालको सम्पूर्ण तयारी पूरा भइसकेपछि पुस ४ गते बुधवार अस्पताल उद्घाटन गर्ने समय तोकेपनि हुन सकेनन् ।

उता बेलबारीका सरोकारवालाहरुले प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै बेलबारी फर्काउन माग राख्दै ज्ञापन पत्र बुझाएपछि पुस ४ गतेको उद्घाटन हुने कार्यक्रम स्थगित हुन पुगेको जानकारहरुको भनाई छ ।

संविधान सभा सदस्य तथा पूर्व राज्यमन्त्री सीताराम मेहताले कोशी प्रदेश प्रहरी अस्पताल इनरुवामा हुनुपर्नेमा जोड दिनुभयो । इनरुवामा अस्पतालका लागि चाहिने सम्पूर्ण संरचनाहरु उपलब्ध रहेकोले कुनै पनि हालतमा यहाँबाट हटन नदिने र यथावत रहनका लागि आपूmले पहल र प्रयास गरिरहेको बताएका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका केन्द्रिय तथा पूर्व प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले प्रहरी अस्पताल हटाउने कुरा भ्रम रहेको बताउनुभयो । प्रहरी अस्पताल इनरुवामै राख्नका लागि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई पहल गरिदिनका लागि आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजीव ढुंगानाले सधै मोरङको छाँया बनेको सुनसरीलाई अपहेलना गरेको बताएका छन् । मोरङको छाँया बनेको सुनसरी विकास लगायत बिभिन्न क्षेत्रमा पछि परेको अवस्थामा प्रहरी अस्पतालले यस भेगकाबासीलाई उपचार गर्न सहज हुने उनले बताए ।

नेविसंघका पूर्व सभापति समेत रहेका ढुंगानाले मोरङले सधै हस्तक्षेप गर्दै आएको हुदाँ अबदेखि हस्तक्षेप नगरीकन मोरङकाबासीहरुमा सहजीकरण गरिदिन नेता शेखर कोइरालालाई आग्रह गरेका हुन् ।

यस्तै नेपाली कांग्रेसकी केन्द्रिय सदस्य लक्ष्मी खतिवडाले मोरङमा धेरै अस्पतालहरु रहेका हुदाँ प्रहरी अस्पताल इनरुवामा कायम गर्नुपर्नेमा जोड दिएकी थिईन् । मोरङका नेताहरुले यस विषयमा सहजीकरण गर्नुपर्नेमा जोड दिदै प्रहरी अस्पताललाई नहटाउन सम्वन्धित निकायलाई आग्रह गरेकी थिईन् ।

बेलबारीबाट प्रहरी अस्पताल इनरुवामा आएपछि इनरुवा नगरपालिका वडा नम्बर–२ को मुहार फेरिएको छ भने मृत वडाको रुपमा चिनिन थालिएको सो वडामा अहिले चहलपहल बढेको पनि पाइन्छ ।

प्रहरी अस्पताल इनरुवामै रहन्छ कि जान्छ त्यो हेर्न बाँकी नै छ । मोरङ र सुनसरीको राजनीतिक पहुँचले पनि त्यो कुराले पुष्टि गर्छ । प्रहरी अस्पताल इनरुवामा सञ्चालन भयो भने समग्र इनरुवाबासी लगायत यस भेगका जनतालाई फाइदा पुग्ने जनविश्वास रहेको छ ।

Share31Tweet19SendScan
Previous Post

भोक्राहा नरसिंह-४ का वडा अध्यक्ष हारुन अन्सारीद्वारा प्रधानमन्त्री प्रचण्डलाई नागरिक अभिनन्दन

Next Post

जय भवानीको बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारण सभा सम्पन्न

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
जय भवानीको बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारण सभा सम्पन्न

जय भवानीको बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारण सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In