Monday, October 5, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेपाली कांग्रेसमा असन्तुष्टि नै असन्तुष्टि किन ?

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ८, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेपाली कांग्रेसमा असन्तुष्टि नै असन्तुष्टि किन ?
53
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । नेपाली कांग्रेस सुनसरीभित्र असन्तुष्टि बढ्दै गएको पाइएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनदेखि असन्तुष्टि बढ्दै गएको पाइएको हो । २०७९ को स्थानिय तहको निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनदेखि हालसम्म नेपाली कांग्रेस सुनसरीमा असन्तुष्टि बढ्दै गएको हो ।

नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी नेतृत्वको जिल्ला कार्यसमितिले जनता केन्द्रित कार्यक्रम गर्न सकेको छैन् । कांग्रेसको १४ औं महाधिवेशन, स्थानिय निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा देखिएको गुट–उपगुटका कारण असन्तुष्टि बढेपनि जिल्लाका नेतृत्व तहबाट कुनै पहल र प्रयास भएको देखिदैन् ।

पार्टीको समिक्षा समेत जिल्लादेखि वडा तहसम्म नहुनुले स्वाभाविक रुपले नेता तथा कार्यकर्ताहरुमा निराशा बढ्नु हो । पार्टीभित्र अन्तरघात गर्नेहरुको पार्टीले नाम समेत संकलन गरेको छैन् । १२ वटै स्थानियतहरुमध्ये केहीले कार्वाहीको नाम सिफारिस गरेपनि कार्वाही नगरेपछि पार्टीभित्र असन्तुष्टि दिनप्रतिदिन बढ्दै गएको पाईन्छ ।

जिल्ला नेतृत्वहरुको कार्यशैली सन्तोषजनक नभएपछि नेता तथा कार्यकर्ताहरु आक्रोसित बन्दै गएको छ । पार्टीका सभापति भण्डारी लगायतका जिल्ला नेतृत्वहरुले आएको गुनासोलाई समेत सम्वोधन गर्न सक्नु नै पार्टीको महत्वपूर्ण कमजोरी हो ।

पार्टीभित्र उठेका सवालहरुलाई कसले सम्वोधन गर्ने ? जनताको समस्या समाधान कसले गर्ने ? असन्तुष्टिलाई कसरी समाधान गर्ने ? गुट–उपगुटलाई कसरी समायोजन गर्ने ? निराशालाई कसरी आशामा परिर्वतन गर्ने ? समीक्षा कहिले गर्ने ? निर्वाचनमा पराजित भएका उम्मेदवारहरुसँग अन्तरसंवाद आवश्यक छ कि छैन् ? सञ्चारकर्मीहरुसँग अन्तरसंवाद कहिले गर्ने ? पार्टीको भातृसंगठन लगायत शुभेच्छुक संस्थाहरुसँग छलफल र बहस आवश्यक छ कि छैन ? लगायतका प्रश्नहरु अहिल चर्चाको विषय बनेको छ ।

इनरुवा नगरपालिकाका प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका पार्टी सभापति भण्डारी अहिले व्यस्त बनेपछि पार्टी लथालिङ्ग भएको जानकारहरुको बुझाई छ । नगरपालिकाबाट एकसाथ कर्मचारी निकाल्नु नै पार्टीको ठूलो गल्ति भएको र त्यसपछि पार्टीभित्र एक प्रकारको असन्तुष्टिको भिड बढदै गएको छ । त्यसको परिणाम प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले पनि देखाएको छ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेपाली कांग्रेस सुनसरीका पूर्व जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका राजिव कोइरालाको नेतृत्वमा सचिव पदमा रहेर केदार भण्डारी काम गरेर पोख्त मानिएकोले उनलाई सभापति पदमा १४ औं जिल्ला अधिवेशनबाट धेरै आशा र विश्वासका साथ मत दिएर जिताएका थिए । तर अहिले उल्टो भएको छ । काम भन्दा धेरै गफ दिने नेताको रुपमा चिनिन थालेको छ ।

पार्टीको अवस्था हेर्दा नाजुक बनेको छ । कार्यक्रमहरुमा भाषण दिन त माहिर बनेका छन् तर पार्टीको अवस्थाका बारेमा कसैले पनि विश्लेषण गर्न सकेका छैन् । नेपाली कांग्रेस अहिले सुनसरीमा वास्तवमा कमजोर सावित भएको छ । नेपाली कांग्रेसको लालकिल्ला भनेर चिनिएको सुनसरी जिल्ला अहिले नेकपा एमालेको लालकिल्ला भनेर चिनिन थालेको छ । यसको जिम्मा कसले लिने ? अहिलेको नेतृत्व लिने कि गुटउपगुटको नाममा पार्टीलाई कमजोर बनाई राख्ने ?

सुनसरीको चारवटा निर्वाचन क्षेत्र मध्ये सुनसरीको निर्वाचन क्षेत्र नम्बर–४ मा मात्रै प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु निर्वाचित भएका छन् भने तीनवटा निर्वाचन क्षेत्र निल गएको छ । तैपनि पार्टीका नेताहरु खोक्लो भाषणमा सिमित छन् ।

नेता तथा कार्यकर्ताहरुमा नयाँ पार्टीको मोह बढ्दै गएको बेलापनि कांग्रेसका नेताहरुमा एकजुट देखा पर्दैन् । देखावटी हिसाबले मञ्चमा एकै ठाउँमा बस्ने अनि भाषण गरेर देखाउने कि हामी एक छौं भनेर । नेता तथा कार्यकर्ताहरुले यो सबै कुरा बुझन थालेका छन् ।

नेपाली कांग्रेस सुनसरीले लालकिल्ला अब गाड्नका लागि धेरै मेहनतको आवश्यकता छ । त्यसैले पार्टीभित्र भएका कमिकमजोरीहरुलाई औल्याउँदै बलियो बनाउनेतर्फ सबैको ध्यान केन्द्रित हुन आवश्यक देखिन्छ ।

Share21Tweet13SendScan
Previous Post

मोरङका पालिकाका वडातहमा माइती नेपालको मानव वेचविखन तथा ओसार पसार विरुद्धको समिति गठन

Next Post

नेपाली कांग्रेस सुनसरीद्वारा राष्ट्रियसभा उम्मेदवारका लागि ६ जनाको नाम सिफारिस

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
नेपाली कांग्रेस इनरुवा नगर कार्यसमिति विस्तार

नेपाली कांग्रेस सुनसरीद्वारा राष्ट्रियसभा उम्मेदवारका लागि ६ जनाको नाम सिफारिस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज १८, २०८३
Sun, October 4, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In