इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा शनिबार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस सुनसरी जिल्ला नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकाे आयोजानमा भोक्राहा नरसिंह-४ मा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर-४ को २ (ख) मा नेपाली काङ्ग्रेसका नेतृत्वकर्ताहरुलाई प्रशिक्षण मार्फत सक्षम नेतृत्व गर्न सक्ने गरि क्षमतावान बनाउने आयोजकले विश्वास लिएको छ ।
कार्यक्रममा सहभागीहरुलाई नेपाली काङ्ग्रेस पार्टीको विधान,पार्टी बारेमा सामन्य जानकारी, पार्टीको नीति, पार्टीको उद्देश्य र संगठनलाई बलियो बनाउनका लागि रणनीति र गुनासो संकलन लगायतक बारेमा जानकारी गराइएको थियोे ।
नेपाली काङ्ग्रेस सुनसरीका उपसभापति तथा जिल्ला नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका पंकज महतोले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम मार्फत दक्ष बनाउने, पार्टी बलियो बनाउन एक जुट गर्ने, पार्टीका बारेमा जानकारी गराउने र कार्यक्रममा आएका गुनासोहरुलाई संकलन गरि जिल्लालाई प्रतिवेदन बुझाउने गरि कामलाई अगाडि बढाएको बताएका छन् ।
कार्यक्रममा डा.आनन्द आचार्य र सन्तोष रोनियारले सहजीकरण गरेका थिए ।
नेपाली काङ्ग्रेस सुनसरी जिल्ला नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुनसरी-४ को २ (ख) मा पर्ने प्रत्येक वडाबाट वडा सभापति १ जना, महिला १ जना र अन्य १ जना गरि जम्मा ३ जनालाई सो प्रशिक्षण कार्यक्रममा सहभागिता गराइएको थियो ।
यसअघि नेपाली काङ्ग्रेस सुनसरी जिल्ला नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुनसरी क्षेत्र नम्बर-२ को २(ख) का अगुवा नेता तथा कार्यकर्ताहरुलाई नेपाली काङ्ग्रेस जिल्ला पार्टी कार्यालय इनरुवा सुनसरीमा सम्पन्न गरिसकेको छ । भोक्राहा नरसिंह-४ मा आयोजित प्रशिक्षण कार्यक्रम दोस्रो चरणको सम्पन्न भएको आयोजकले जनाएको छ ।