मोरङ । मोरङको ग्रामथान गाउँपालिकामा रेमिट बचत तथा ऋण सहकारी संस्था लिमिटेड ग्रामथान २ झोराहाटले कुखुरा पालक कृषकहरू लाई १ दिने निःशुल्क कुखुरा पालन सम्बन्धी “किसान सगँ रेमिट साकोस“ तालिम हिजो सम्पन्न गरेको छ ।
तालिममा ३५ जना कुखुरा पालक कृषकहरूको सहभागिता रहेको थियो । तालिममा पशुपंन्क्षी विकास अधिकृत डा.बुदिमान कार्कीले कुखुरा पालन सम्बन्धी ज्ञान सीप, हेरचार, रोग नियन्त्रण, उपचार लगाएत सम्बन्धि जानकारी गराउनुभएको थियो ।
यस तालिमले कृषकहरूलाई कुखुरा पालनमा सहज र व्यवसाय संञ्चालनमा सहयोग पुगेको रेमिट साकोस संस्थाले जनाएको छ । ग्रामथान गाउँपालिका वडा नं २ का वडा अध्यक्ष यादव खतिवडा,रेमिट साकोस ग्रामथान संस्था अध्यक्ष उमा घिमिरे लगायतको आथित्यतामा तालिम सम्पन्न भएको थियो ।
निःशुल्क स्वास्थ्य शिविर, जेष्ठ नागरिक सम्मान, विधालयहरूमा शैक्षिक समाग्रीहरू वितरण, रक्तदान कार्यक्रम, कृषकहरूलाई तालिम संञ्चालन, सचेतना अन्तरक्रिया लगायतका कार्यहरू सो संस्थाले संञ्चालन गदै आएको छ ।