इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले शहीदलाई कहिले पनि हामीले भुल्न नहुने बताउनुभएको छ ।
सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले सहिद दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख भण्डारीले सो कुरा बताउनुभएको हो ।
उहाँले संघीता, लोकतन्त्र र गणतन्त्र प्राप्तीका लागि सहिदले निर्वाह गरेको भुमिका र देखाएको बाटोलाई सबैले स्वीकार गरेर अगाडि बढनुपर्नेमा जोड दिनुभयो । संघीता, लोकतन्त्र र गणतन्त्र प्राप्तीका लागि बिन्नि कालखण्डमा सहिदको भुमिका महत्वपूर्ण रहेको प्रमुख भणडारीले बताउनुभयो ।
उहाँले सहिदले प्राप्त गरेको सहादतका कारणले जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्जालो दिनमा ल्याउनुका साथै संघीता, लोकतन्त्र र गणतन्त्र प्राप्तीका लागि समेत सहिदले निर्वाह गरेको भुमिका र देखाएको जीवन अर्पण प्रति नमन व्यक्त गर्नुभएको छ ।
देशलाई यहाँ सम्म ल्याउनका लागि सहिदको भुमिका महत्वपूर्ण भएकाले सरकारले सहिदको सम्मानमा बिदा नदिएका कारणले नगर प्रमुख भण्डारीले भत्सर्ना समेत गर्नुभयो ।
कार्यक्रममा इनरुवा १ स्थित सहिद गेटमा रहेको सहिदको शालिकमा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उप–प्रमुख बिनिता कुमारी मेहता, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण अर्चाय, प्रहरी उपरीक्षक बिपिन रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक लोकेस तुम्वहाम्फे, इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, इनरुवा ५ का वडा अध्यक्ष अनिल पोखरेल, ६ का वडा अध्यक्ष सुमन थापा, युवा नेता धिरज भट्टराई, बिभिन्न विद्यालयका शिक्षक, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।