इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले चालु आर्थिक बर्षको ६ महिनामा ९१ जना फरार प्रतिवादीलाई पक्राउ गरेका छन् ।
जिल्ला अदालत सुनसरीबाट बिभिन्न मुद्धामा दोषी ठहर भइ फरार रहेका ९१ जनालाई प्रहरीले पक्राउ गरेर सुनसरी अदालतको आदेशमा कैद सजाय भुक्तानका लागि झुम्का कारागार पठाइएको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
प्रहरीले आर्थिक बर्ष २०८०÷०८१ साउन महिना देखि माघ १० गते सम्ममा ९१ जनालाई नियन्त्रणमा लिदा १०१ बर्ष ३ महिना २२ दिन कैदा असुल भएको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिनुभयो ।
फरार प्रतिवादी पक्राउ गर्दा २६ लाख ६४ हजार ८६६ रुपैयाँ राजश्व सङकलन भएको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिनुभयो