इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ मा शहीद दिवसको अवसरमा मङगलबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काङग्रेस केन्द्रिय कार्य समितिको निर्देशन अनुसार नेपाली काङग्रेस भोक्राहा नरसिंह गाउँपालिका ६ को आयोजनामा वृक्षारोपण कार्यत्र,म सम्पन्न भएको हो ।
कार्यक्रममा बिभिन्न जातको करिव एक सय भन्दा बढी बिरुवा रोपेको हो । कार्यक्रम वडा सभापति जमालुद्दिन मन्सुरीको अध्यक्षता र कोसी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरीको प्रमुख अतिथित्यमा सम्पन्न भएको हो । दिवसको अवसरमा बिभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान समेत गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा पार्टीबाट खटाइएको प्रतिनिधि राजेन्द्रप्रसाद मेहता, इरफान अन्सारी, नेपाल मुस्लिम संघ भोक्राहा नरसिंहका सभापति हारुन रसिद अन्सारी, मुस्लिम संघ सुनसरीका सभापति हारुन अन्सारी, नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सचिव जुगेश्वर यादव, सदस्य ममता कुमारी उराँव, अनिल साह, श्यामदेव मेहता, हिरा उराँव, महाधिवेशन प्रतिनिधि इरफान मियाँ, देवनारायण मेहत, मुस्तक मियाँ, मन्जिला उराँव, कृपाराम मेहता, सह(सचिव सेराज हुसेन, भोक्राहा नरसिंह ५ का सभापति एवं नेपाल मुस्लिम संघ भोक्राहा नरसिंहका सभापति हारुन रसिद, ६ का सभापति जमालुद्दिन मन्सुरी, ७ का सभापति कोसिल मण्डल, ८ का सभापति कलिम मियाँ लगायतको सहभागीता रहेको थियो ।