इनरुवा । नेपाली काङग्रेसका सुनसरी सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले संविधान निर्माणका लागि शुशिल कोइरालाको भुमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
सुनसरी सदरमुकाम इनरुवा १ स्थित लोकतान्त्रिक चौकमा स्व. शुशिल कोइरालाको स्मृति दिवसको अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
अहिलेको संविधान निर्माणका लागि कोइरालाले निर्वाह गर्नुभएको भुमिका महत्पूर्ण रहेको बताउनुहुँदै अहिलेको संविधानमा सबैको हक अधिकारलाई सम्बोधन गरेको बताउनुभयो । अहिलेको नेपालको संविधान बिश्वकै उत्कृष्ट संविधान समेत रहेको प्रमुख भण्डारीले बताउनुभयो ।
पहिलो संविधानसभाबाट संविधान निर्माण हुन नसकेपछि दोस्रो पटकमा कोइराला नेतृत्वको सरकारले संविधान निर्माणका लागि निर्वाह गरेको भुमिका स्मरणीय रहेको प्रमुख भण्डारीले बताउनुभयो ।
अहिलेको संविधानले मधेसी, पहाडी, मुस्लिम, महिला, बालबालिका, युवा, थारु, आदिवासी जनजाति लगायतका अन्य समुदायको हक अधिकारलाई सुनिश्चित गरेको संविधानसभा सदस्य सीताराम मेहताले बताउनुभयो । इनरुवा १ स्थित लोकतान्त्रिक चौकमा शुशिल कोइरालाको स्मृति दिवसको अवसरमा दीप प्रज्वलन गरेको थियो ।
कार्यक्रममा नेपाली काङग्रेस कोशी प्रदेश सदस्य अम्बिका घिमिरे, सुनसरीका सचिव बिरेन्द्र साह, इनरुवा नगरपालिकाकी पुर्व उपमेयर जमुना गौतम पोखरेल , पार्टीका वडा सभापति रामचन्द्र पौदार, इनरुवा ५ का वडा अध्यक्ष अनिल पोखरेल, इनरुवा नगरपालिकाका कार्यपालिका सदस्य बिनोद अटल, इनरुवा १ का वडा सदस्य प्रदिप ढकाल लगायतको सहभागीता रहेको थियो ।